सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोकिएन कुसुमखोलाका चेपाङमाथि निकुञ्जको दादागिरी


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १४:२८ 
  • माडी,२७ चैत्र।  माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका चेपाङ समुदायलाई चितवन राष्ट्रिय निकुञ्जको सेनाले दुर्व्यवहार गरेका छन् ।

    चैत १३ गते दिउँसो निकुञ्जको कर्मचारीसहित पुगेको सेनाको टोलीले कुसुमखोलाका १२ घर टहरामा आगो लगाएका थिए। आगो लागेकै घरमा पनि पुनः टहरा बनाएकोमा निकुञ्जले फेरि आएर भत्काएदिएको स्थानीयले बताए।

    संविधान सभा सदस्य गोविन्दराम चेपाङका अनुसार आगो लगाइसकेपछि पनि चेपाङले त्यही ठाउँमा घर टहरो बनाएका थिए। तर, आइतबार साँझ पुगेको नेपाली सेनाको टोलीले फेरी घर भत्काउने र स्थानीयमाथि कुटपिट गरिएको उनले बताए।

    विपन्न चेपाङ समुदायमाथि निकुञ्ज प्रशासनले पटकपटक दमन गर्ने क्रम नरोकिएको भन्दै नेपाल चेपाङ संघमार्फत सडक संघर्षको कार्यक्रममार्फत नै राज्यालाई दबाब दिने बेला आएको उनले बताए।

    ‘सीमान्तकृत चेपाङ समुदायमाथि राज्य पक्षबाटै दमम हुने क्रम रोकिएन,’ उनले भने, ‘अब हामी सडक संघर्ष गर्ने पक्षमा छौँ।’ आइतबार साँझ पनि निकुञ्जबाट आएका सेनाको टोलीले यहाँका स्थानीयमाथि कुटपिट गर्ने, धम्क्याउने गरेका उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.