भरतपुर,२७ चैत्र । ‘जहाँ ज्ञानको ज्योति लिन गइन्छ, जोबाट ज्ञानको ज्योति पाइन्छ उसैबाट असुरक्षित भइन्छ भने त्यहाँ किन पठाउने ? यस्तालाई कसरी रक्षक भन्ने भक्षक भएपछि’ जिल्ला प्रहरी कार्यालय चितवनमा भेटिएकी एक अभिभावकले भनिन्, ‘यस्ता शिक्षकले के ज्ञान दिन्छन् ।’
अभिभावकमात्र होइन, छात्रासमेत प्रहरी कार्यालयमा आएर आफूमाथि शिक्षकबाट दुव्र्यवहार भएको आरोप लगाए । भरतपुर महानगरपालिका वडा नं–१३ स्थित श्री मावि गंगानगरका छात्राहरु नै उल्टेर प्रहरी कार्यालय आई उजुरी दिए ।
सोही विद्यालयका दुई शिक्षकमाथि बालयौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा यही २४ गते उजुरी प¥यो । उजुरी परेका दुवै शिक्षकलाई चितवन प्रहरीले नियन्त्रणमा लियो । प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार दुवै शिक्षकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
माडी नगरपालिका–१ सोमेश्वर उच्च माविका शिक्षकबाटै एक छात्राले दुव्र्यवहार सहनु प¥यो । दुव्र्यवहारकै आरोपमा विद्यालयका शिक्षक पनि प्रहरी अनुसन्धानमा छन् । दुव्र्यवहार सहेका छात्राले महिला शिक्षिकालाई यो घटनाभन्दा पनि गुपचुप पार्ने काम भयो । फागुन २९ गते बाहिर आएको दुव्र्यवहारको घटनाले माडीमा सर्वदलीय बैठक नै बसाल्यो । शिक्षकलाई जोगाउन प्रपञ्च रच्न थालेपछि छात्राहरु प्रतिकारमा उत्रे ।
माडीस्थित इलाका प्रहरी कार्यलयमा शिक्षकविरूद्ध चैत ४ मा उजुरी दिए । अहिले ती शिक्षक प्रहरी अनुसन्धानमै छन् । भरतपुर–१९ को सर्वोदय बोर्डिङका एक शिक्षक पनि विद्यार्थी यौन दुव्र्यवहारको आरोपमा मुछिए । उनी पनि प्रहरी अनुसन्धानमै छन् ।
पछिल्लो समय ज्ञान दिने शिक्षकबाटै यौन दुर्व्यवहारका घटनाहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो २० दिनको अवधिमा चितवनका चार जना शिक्षकहरु छात्रा दुव्र्यवहारको आरोपमा अनुसन्धानको घेरामा परेका छन् ।
शिक्षाविद् रमाकान्त सापकोटाले शिक्षक नैतिकवान, चरित्रवान, अनुकरणीय, मर्यादित र असल आचरणको हुनुपर्ने बताए । उनले भने, ‘पढेर प्रमाणपत्र लिँदैमा असल, नैतिकवान र अनुकरणीय शिक्षक हुन सक्दैनन् । शिक्षकभित्र पनि खराब केही शिक्षक छन्, जसबाट यस्ता दुव्र्यवहारका घटनाहरु हुन्छन्, त्यस्ता शिक्षकहरु शिक्षकको लागि योग्य छैनन् ।’
उनका अनुसार यस्ता घटनामा मुछिएका शिक्षकमाथि न्यायिक निकायले ठहर गरेको सजाय हुनुपर्छ । उनले शिक्षक आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, चरित्रवान र बदनामरहित हुनुपर्ने बताए ।
उनले भने, ‘शिक्षकबाटै छात्रामाथि दुव्र्यवहारको हर्कत गरिन्छ भने त्यस्ता शिक्षकहरु कहिल्यै असल आचरणका शिक्षक हुन सक्दैनन्, आरोपित शिक्षकलाई भोलि न्यायिक निकायले जे सजाय दिए पनि अथवा सफाइ पाए पनि त्यो शिक्षकलाई पुनः शिक्षण पेशामा फर्काउन समाजले नै रोक्नुपर्छ ।’
महिला अधिकारकर्मी मीना खरेल चितवनमा पछिल्लो समय शिक्षकबाटै छात्रामाथि दुव्र्यवहार भएका घटनाहरु नियाल्दा अभिभावकले सहजै आफ्ना छोरीहरुलाई स्कुल पठाउनै नसक्ने अवस्था सिर्जना भइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘उज्यालो दिने शिक्षकबाटै बालिकामाथि दुव्र्यवहार हुन्छ भने अब हाम्रा छोरी चेलीहरु कोबाट सुरक्षित हुने ?’
उनका अनुसार छोरी जन्मेदेखि नै कुनैकुनै हिंसामा परिरहेका छन् । अधिकारकर्मी खरेल भन्छिन्, ‘आज छोरी बाबुबाट यौन हिंसामा परेका छन्, शिक्षकबाट दुव्र्यवहारमा परेका छन् । लौन हाम्रा छोरी अब कहाँ सुरक्षित हुन्छन्, भन्ने अवस्था आयो ।’ उनले समाजमा मात्र होइन, अन्य पेशाका मानिसलाई मात्र होइन, अब शिक्षकलाई पनि नैतिक शिक्षा चाहिने अवस्था आएको बताइन् ।
‘बालिकामाथि दुव्र्यवहार गर्ने शिक्षकलाई जोगाउन कुनै पार्टी, दल, समाज, व्यक्ति लाग्न नहुने र तेरो, मेरो मान्छे भनेर छुटकारा दिन लागियो भने फेरि समाजा यस्ता घटनाहरु दोहोरिन्छ’ खरेलले भनिन्, ‘यस्ता शिक्षकलाई कानुनी सजायमात्र होइन, सामाजिक बहिष्कार पनि गर्नुपर्छ ।’
भरतपुर महानगरपालिकाले प्रत्येक विद्यालयमा पढ्ने छात्राहरु कुनै किसिमका हिंसा वा दुव्र्यवहारमा नपरून् भनेर नै लैङ्गिक सम्पर्क शिक्षक नै तोकेको छ । तर पनि दुव्र्यवहारका घटना भने सार्वजनिक भइरहेका छन् । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले पछिल्ला दिनमा विद्यार्थीको साहसको कारण यस्ता घटना सार्वजनिक भइरहेको पनि हुनसक्ने बताए ।
उनले भने, ‘पहिला पनि छात्राहरु हिंसामा परेका थिए होलान्, बोल्न सक्थेनन्, उजुरी दिन सक्थेनन् । महानगरको लैङ्गिक सम्पर्क शिक्षकबाटै ज्ञान पाएर पनि यस्ता घटनामा बोल्ने आँट गरेको हुन सक्छन्, तथापी यस्ता दुव्र्यवहारमा शिक्षक मुछिनु भनेको अन्त्यन्तै निकृष्ट हो ।’ उनले शिक्षकबाटै यो तहको आपराधिक गतिविधि हुनु अत्यन्तै निन्दाजनक कार्य भएको बताए ।
भरतपुर–१२ मोहन माविका शिक्षक कमलराज खनालले खराब नियत भएको व्यक्तिले शिक्षक पेसालाई बदनाम गराइरहेको बताए । उनले भने, ‘शिक्षक पनि यही समाजकै उत्पादन हो, चामलमा कनिका भएझैँ कोही खराब निस्कन सक्छन्, यस्ता केही शिक्षकका कारण समग्र शिक्षकलाई बदनाम गराइनु हुँदैन । न्यायिक निकायले अपराधको अनुसन्धान गरी कानुनअनुसार सजाय दिनुपर्छ ।’
उनका अनुसार विद्यालय बालबालिकाको दोस्रो घर हो । बालबालिकाका लागि विद्यालय घरजस्तै सुरक्षित, आत्मीय र रमाइलो हुन जरूरी छ, तर हाम्रा बालबालिकाहरु आफ्ना शिक्षकहरुबाटै दुव्र्यवहारको सिकार हुनुपर्दाको घटनाले हामी शिक्षकको मन साह्रै पिरोलिन्छ ।

विद्यालयले सर्वदलीय बैठक राखेर शिक्षकलाई विद्यालयबाट निष्कासन ग¥यो । छात्राहरुको चित्त बुझेन ।