सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको एकमात्र गाँउपालिकामा गठबन्धन भर्सेज एमालेः कुन पार्टीको प्रभाव कति ?


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार ११:०३ 
  • चितवन,चैत २७। चितवनका सात स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिका एक मात्र गाउँपालिका हो । यहाँको भौगोलिक अवस्था पनि अन्य पालिकाको भन्दा भिन्न छ । सोही अनुसार इच्छाकामना गाउँपालिकामा निर्वाचन पनि निकै प्रतिस्पर्धामा हुने गर्दछ । साना दलको खासै प्र

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँ निकै पेचिलो बनेको थियो । नेपाली कांग्रेसकी गीता गुरुङले अध्यक्षमा नेकपा (एमाले)का नारायणप्रसाद अधिकारीलाई १९३ मतको झिनो अन्तरले पराजित गरेकी थिईन् ।

    अध्यक्ष र उपाध्यक्ष गुमाएको एमालेलाई यसपटक पनि निर्वाचन जित्न भने पक्कै सजिलो छैन । इच्छाकामनाका ७ वटा वडामध्ये एमालेका उमेद्वारले ३ वटामा वडा वडाध्यक्ष जितेका थिए । अध्यक्ष र उपाध्यक्ष दुवै जितेको नेपाली कांग्रेसले पनि तीन वटा वडामा वडाध्यक्ष जितेको थियो । तेस्रो शक्तिको रुपमा उदाएको माओवादीले एक वटा वडामा वडाध्यक्ष जित्न सफल भएको थियो । यहाँ अन्य पार्टीको मत झिनो छ । चौथो शक्तिको रुपमा रहेको नयाँ शक्ति पार्टीको मेयर पदमा २७ मत आएको थियो । त्यस्तै नेपाल मजुदर किसान पाटीको १५ मत छ । त्यहाँ अन्य पार्टीको उमेद्वारी समेत रहेको थिएनन् ।

    यस पटक इच्छाकामनामा त्रिपक्षीय भिड्न्त नभई दुई पक्षीय भिडन्त हुने देखिन्छ । सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा एमालेलाई निर्वाचन जित्नका लागि ठुलै कसरत गर्नुपर्ने हुन्छ । तर, इच्छाकामनामा एमालेलाई कम आकलन गर्न भने सकिँदैन । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका उमेद्वार नारायणप्रसाद अधिकारीले ३ हजार ६१ मत ल्याएर नेपाली काग्रसलाई टक्कर दिएका थिए । अझ यहाँ अधिकारीले पूरै एमालेको भोट नपाएको देखिन्छ । एमालेबाट उमेद्वार दिएका वडाध्यक्षको भन्दा उनले १८३ मत कम ल्याएका थिए । समग्र एमालेका वडा अध्यक्षको उमेद्वारको मत ३ हजार २४४ रहेको छ । यसरी हेर्दा इच्छाकामनामा एमालेको मत तीन हजार भन्दा बढी नै देखिन्छ ।
    अध्यक्षमा विजयी भएकी कांग्रेसकी गीता गुरुङले ३ हजार २५४ मत प्राप्त गरेकी थिईन् । कांग्रेसका वडाध्यक्षहरुको समग्र जोड्दा पनि खासै फरक छैन । त्यहाँ कांग्रेसका वडाध्यक्षहरुको ३ हजार २८९ मत रहेको थियो । विगतमा एमाले भन्दा अगाडी रहेको कांग्रेसलाई गठबन्धनको साथ रह्यो भने जित्न थप सहज देखिन्छ । यद्यपि यहाँ गठबन्धनबाट कस्ले टिकट पाउँछ भन्न सकिँदैन । निर्णायक भोट रहेको नेकपा (माओवादी केन्द्र)को प्रभाव पनि इच्छाकामनामा राम्रो छ । यहाँ अघिल्लो निर्वाचनमा माओवादीका उमेद्वार प्रताप गुरुङले २ हजार ३९९ भोट ल्याएका थिए ।

    उपाध्यक्षमा कांग्रेसकै कृति कुमार श्रेष्ठ ३ हजार ३८९ मत ल्याएर विजयी भएका थिए । उनी इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति समेत हुन् । त्यस्तै एमालेकी जुनुराज भण्डारीले ३ हजार ९६ मत प्राप्त गरेकी थिईन । भने माओवादी केन्द्रकी उमेद्वार सावित्रि सिलवालले २ हजार २२९ मत ल्याएकी थिईन ।

    इच्छाकामनामा एमाले र काग्रेसको धेरै मतको अन्तर छैन । माओवादीको करिव ८ सयको हाराहारीमा कमी देखिन्छ । अध्यक्ष र उपाध्क्षय जितेको कांग्रेसले ४, ५ र ७ नम्बर वडा गरि ३ वटा वडा जितेको थियो । दोस्रोमा रहेको एमालेले १, २ र ६ नम्बर वडा गरि ३ वटा वडा जितेको थियो । यस्तै यहाँ माओवादीले ३ नम्बर वडा जित्न सफल भएको थियो ।

    अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा तीन दलको नै राम्रै प्रभाव देखिन्छ । तर, सत्तारुढ दलबीच गठबन्धन हुने हो भने गठबन्धन नै बलियो देखिन्छ । अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उमेद्वारले ल्याएको मत जोड्दा एमाले धेरै नै पछि छ । एमाले गठबन्धन भन्दा २ हजार ५९२ मतले अगाडी देखिन्छ । कांग्रेस र माओवादीको ५ हजार ६५३ मत रहेको छ ।

    इच्छाकामनामा अध्यक्षमा ५ जनाको उमेद्वारी परेको थियो । तर, तीन दलबाहेक दुई दलले ३० मत पनि कटाउन सकेका थिएनन् ।
    अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा इच्छाकामनामा सत्तारुढ दलको गठबन्धन नै बलियो देखिएको छ । तर, यहाँ एमाले फुटको असर परेको छैन । जसको फाइदा एमालेलाई देखिन्छ । नेकपा विभाजनपछि ठूलो संख्यामा माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेको दाबी गरिएको छ ।

    पहाडी क्षेत्र रहेको इच्छामनामा ३ हजार ९८० मतदाता थपिएका छन् । आगामी निर्वाचनमा १५ हजार ६३४ जनाले भोट हाल्न पाउँनेछन् । अघिल्लो निर्वाचनमा ११ हजार ६५४ मतदाता थिए । यसरी हेर्दा यहाँ नयाँ थपिएको मतदाता नै निर्णायक देखिएका छन् । यसरी हेर्दा निर्वाचन कस्ले जित्छ भन्ने एकीन भन्न सकिँदैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.