सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन कांग्रेसका टोलीले केन्द्रीय नेतालाई भन्यो– तालमेल गर्छाैं, महानगर प्रमुख छाड्दैनौँ


  •    न्युजभित्तो/२५ चैत्र २०७८, शुक्रबार १०:२२ 
  • भरतपुर,२५ चैत्र । नेपाली कांग्रेस चितवनका सभापतिसहितको टोलीले बिहीबार केन्द्रीय पदाधिकारीका नेताहरुसँग भेट गरेको छ । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार कांग्रेसको हुने गरी चुनावी तालमेल गर्नुपर्ने भन्दै दबाबका लागि चितवनका नेताहरु काठमाडौँ पुगेका हुन् ।

    उनीहरुले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरूङ, महामन्त्री गगन थापा, कांग्रेस वरिष्ठ नेता एवं सत्तागठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयोजक रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतका नेतालाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका हुन् ।

    केन्द्रीय पदाधिकारीका नेताहरुलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ, दिनेश कोइराला, नेता जगन्नाथ पौडेललगायतका नेता काठमाडौँ पुगेका हुन् । उनीहरुले आज शुक्रबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइरालालगायतका नेतालाई भेट्दैछन् ।

    जिल्ला कार्यसमितिले गरेको निर्णय केन्द्रीय नेताहरुलाई दिइएको चितवन कांग्रेस सभापति खनालले बताए । ‘हामीले गरेका निर्णय उहाँहरुलाई दियौँ, हाम्रा कुरा पनि राख्यौँ’, उनले भने, ‘हाम्रो कुराहरुमा उहाँहरु सिरियस हुनुहुन्छ, सबैजना सकारात्मक हुनुहुन्छ ।’ महानगर प्रमुख कांग्रेसले पाउने गरी तालमेल गर्नुपर्ने कुरा स्पष्टरुपमा नेताहरुलाई भनिएको उनले बताए ।

    २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले महानगरको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई सहयोग गरेको थियो । संघको चुनावमा कांग्रेसले क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेलाई सहयोग ग¥यो । वैशाख ३० गते हुने स्थानीय चुनावमा फेरि पनि माओवादी केन्द्रलाई नै सहयोग गर्नुपर्ने स्थिति बनेपछि चितवनका कांग्रेस रूष्ट बनेका छन् ।

    सत्तागठबन्धन दल माओवादी केन्द्रले भरतपुरको मेयर फेरि पनि आफूले पाउनुपर्ने बताउँदै आएको छ । केही समयअघि चितवन आउँदा प्रचण्डले महानगरको मेयरमा माओवादीको दाबी रहने बताएका थिए । आफूलाई प्रधानमन्त्री बन्न माओवादीले सहयोग गरेकाले महानगर प्रमुख माओवादीलाई छाड्न देउवा सकारात्मक देखिन्छन् । चितवनमा कांग्रेस संस्थापन इतर बलियो भएकाले देउवाले भनेको जस्तो हुनलाई सजिलो छैन ।

    वरिष्ठ नेता पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले कुनै हालतमा नछाड्ने कुरा बताएको चितवन कांग्रेसका निवर्तमान सभापति श्रेष्ठले बताए । आवश्यकता र औचित्यको आधारमा स्थानीय तहले चुनावी तालमेल गर्ने कांग्रेसले निर्णय गरिसकेको छ । कांग्रेसको उक्त निर्णयका आधारमा भरतपुर महानगरको प्रमुख कांग्रेसले पाउनुपर्ने उनले बताए ।
    ‘उहाँले यसलाई गम्भीररुपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकारी पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने । महानगरको प्रमुख, उपप्रमुखको उमेदवारको निर्णय केन्द्रबाट गर्ने गरी सत्ता गठबन्धनबीच सहमति भएको थियो ।

    ‘भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइनौँ’, उनले भने, ‘केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामीलाई छोड्न प¥यो भन्ने अन्तिम बटमलाइन हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.