सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस चितवनले रामचन्द्र पौडेललाई बुझायो जिल्लाको निर्णय, भरतपुरको मेयर नछाड्ने अडान


  •    न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १३:३३ 
  • चितवन, चैत २४ । सत्तागठबन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेसंगै नेपाली कांग्रेस चितवनले भरतपुरको मेयर आफूले आफूले पाउनु पर्ने अडानलाई केन्द्रसम्म पुर्‍याएको छ ।

    आज जिल्ला नेतृत्वको टोली आज काठमाडौँ पुगेर कांग्रेसका वरिष्ठ नेता एवं सत्तारुढ गठबन्धनले निर्माण गरेको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई कांग्रेस चितवनले गरेको निर्णय बुझाएको छ । जिल्ला सभापति राजेश्वर खनालले सो निर्णय नेता पौडेललाई बुझाएका छन् ।

    जिल्लाको निर्णय बुझाउन कांग्रेस केन्द्रीय सदस्यद्धय टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद जगन्नाथ जगन्नात पौडेललगायतको टोली काठमाडौँ पुगेको हो । निवर्तमान सभापति श्रेष्ठले भरतपुर महानगरपालिकाको मेयर नछाड्ने जिल्लाको निर्णय नेता पौडेललाई बुझाएको जानकारी दिए । ‘हामी काठमाडौँमा उपलब्ध नेताहरु पौडेलसंग भेट गरेर जिल्लाको निर्णय बुझाएका छौं, भरतपुरको मेयर नछाड्ने हाम्रो अडान सुनाएका छौं’–श्रेष्ठले भने ।

    उनका अनुसार वरिष्ठ नेता पौडेल चितवनको निर्णय प्रति सकरात्मक देखिएका छन् । चितवनको निर्णयलाई गम्भिरताका साथ लिदै नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग कुरा राख्ने बचन दिएको श्रेष्ठले बताए । चितवनको आवश्यकता र औचित्यको आधारमा पनि भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने माग जोडदारसंग उठाईएकाले जिल्लाको निर्णयप्रति सकरात्मक जवाफ आउनेमा विश्वस्त छ ।

    डेलिगेशन टोली आजै कांग्रेसका अन्य पदाधिकारीसंग भेट गर्दैछ भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासंग पनि भेट गर्ने तयारी गरको छ । कांग्रेस चितवनले केहीदिन अघि भरतपुरको मेयर नछाड्ने गरि गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको थियो । साथै भरतपुरको मेयर नपाए गठबन्धन तोडेर एक्लै निर्वाचनमा होमिने समेत निर्णय गरेको छ 

    पाउनु पर्ने अडानलाई केन्द्रसम्म पुर्‍याएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.