सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आचारसंहिता लागू हुनुअघि राजनीतिक नियुक्ति गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


  •    न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १३:२४ 
  • काठमाडौँ,२४ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सम्भवतः भोलि शुक्रबारदेखि स्थानीय निर्वाचनको आचारसंहिता लागू हुने भएकोले त्यसको एक दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    निर्वाचनको आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न नपाउने भएकोले प्रधानमन्त्री देउवाले विभिन्न निर्णय र नियुक्तिहरु गर्ने प्रवल सम्भावना रहेको छ ।

    निर्वाचन आयोगको आज वा भोलि बस्न लागेको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्ने तयारी गरेको छ । आयोग निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको हो ।

    मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर विभिन्न निर्णय र नियुक्तिहरु गर्ने भएको हो । आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु र व्यापक रुपमा राजनीतिक नियुक्तिहरुको निर्णय गर्नसक्ने प्रवल सम्भावना रहेको हो ।

    स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने प्रचलन रहेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि विभिन्न बन्देजहरु लागू हुने भएकाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले केहीदेखि निर्वाचन केन्द्रित देश दौडाहा अभियानमा लागेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.