भरतपुर,२३ चैत्र । नयाँ लाइसेन्सबाहेक यातायातका सम्पूर्ण सेवा चितवन जिल्लाबाटै भइरहेका छन् । यातायात सेवा कार्यालय भरतपुरले ९९ प्रतिशत सेवा चितवनबाटै भइरहेको जनाएको छ ।
यातायात सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले नयाँ लाइसेन्स दिलाउने कामबाहेक अरु सबै काम भइरहेको बताए । उनले भने, ‘यही आर्थिक वर्षभित्र नयाँ लाइसेन्स वितरणको काम पनि सम्पन्न हुनेछ, यसैको तयारीमा हामी जुटिरहेका छौँ ।’
अहिले चितवन जिल्लाबाटै सवारीसाधनहरुको बिलबुक नवीकरणदेखि जाँचपाससम्मका काम भइरहेका छन् । यसबाहेक यातायात सेवा कार्यालय भरतपुरले नामसारी, लाइसेन्स नवीकरण, रोड परमिट, नयाँ गाडी दर्तालगायत दर्जनौँ सेवाहरु पस्किरहेको छ । प्रमुख पौडेलले भने, ‘पार्किङ नभएको साँघुरो भाडाको घरबाट कार्यालय सार्ने तयारी पनि भइरहेको छ ।’
यातायात सेवा कार्यालय हाल भरतपुर विमानस्थलअगाडि साँघुरो घरमा रहेको छ, जहाँ पार्किङलगायतका असुविधाहरु छन् । कार्यालयका प्रमुख पौडेलले भने, ‘छिटै जिल्ला समन्वय समितिको गेष्ट हाउसको खाली भवनमा कार्यालय सर्दैछ, यसका लागि सम्झौता पनि भइसकेको छ ।’
श्रम तथा यातायातमन्त्री माननीय घनश्याम दाहालको रोहवरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी र यातायात सेवा कार्यालयका प्रमुख पौडेलबीच यातायात कार्यालय जिससअगाडि रहेको गेष्ट हाउस चौरमा रहेको भवनमा सर्ने गरी तीन वर्षका लागि सम्झौता पनि भएको छ ।
यातायात सेवा कार्यालयका प्रमुख पौडेल भन्छन्, ‘भवन मर्मत गरेर यातायात सेवा कार्यालय नै सार्ने तयारीमा छौँ, मर्मतका लागि बागमती प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयलाई पत्राचार गरेका छौँ ।’
उनले सो भवनमा सरेपछि हाल रहेको भवनको भाडा मासिक एक लाख जोगिने बताए । उनले भने, ‘त्यहाँ गेष्ट हाउस चौरमा पार्किङ गर्न पनि सकिन्छ, ठाउँ पनि शान्त छ, भवन मर्मत गरेपछि सरिहाल्छौँ ।’ भवनका झ्यालढोकाहरु भत्किएको हुनाले मर्मत नगरी सर्ने अवस्था नभएको उनी बताउँछन् ।
भरतपुर महानगरपालिका–२, आँपटारीमा रहेको वन मन्त्रालयको खाली जग्गामा यातायात कार्यालय स्थापना गर्नका लागि प्रक्रिया अघि बढिरहेको छ । त्यहाँ भवन नबन्दासम्म जिल्ला समन्वय समितिको भवनमा नै कार्यालय रहने उनी बताउँछन् ।
ट्रायल सेन्टरसहित बनाउने गरी आँपटारीको वनको जग्गा २ बिघा ७ कट्ठा जग्गा प्राप्त भइसकेको छैन । प्रमुख पौडेलले भने, ‘केही दिनअघि मात्र थप डकुमेन्टहरु छोडेर आएका छौँ, मन्त्रालयमा फाइल पुगेको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्न बाँकी छ । निर्णय भएपछि त्यहाँ पूर्वाधार निर्माणका लागि टेन्डरहरु आह्वान हुनेछ । जहाँसम्म लाग्छ, यो वर्ष सबै काम सकेर नयाँ लाइसेन्स वितरणको काम पनि यहीँबाट हुन्छ भन्ने मेरो विश्वास छ ।’
आँपटारीको जग्गा प्राप्तिपछि बागमती सरकारको यातायात मन्त्रालयसँग प्रस्तावित ४३ करोड बजेट प्रस्तुत गरेको यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘चार वर्षमा ४३ करोड आउने गरी प्रस्तावित बजेट पेश भएको र जग्गा प्राप्तिसँगै त्यसको सुनिश्चितता बढ्दै जानेछ ।’
उनका अनुसार हालसम्म नेपाल सरकारको कतै पनि सरकारी ट्रायल सेन्टर छैन, जग्गा प्राप्तिसँगै भरतपुरमा सरकारी ट्रायल सेन्टर रहनेछ । उनी भन्छन्, ‘भरतपुरमा यातायातका सम्पूर्ण सेवा उपलब्ध भए वार्षिक ३ अर्ब राजस्व उठ्ने अनुमान गरेका छौँ, यहाँका होटल व्यवसायदेखि गाडीका व्यवसायसम्म फस्टाउनेछ ।’
बागमती प्रदेशमा यातायात सेवा कार्यालय आठवटा छ, तीमध्ये काठमाडौँको एउटामात्रै सरकारी भवनमा छ, बाँकी सातवटा भाडामा रहेको छ । आँपटारीको जग्गा प्राप्तिपछि त्यहाँ बन्ने सरकारी भवनले चितवनलगायत यसआसपासका जिल्लालाई सेवा दिनेछ ।
#भरतपुरको गेष्ट हाउस चौरमा रहेको जिल्ला समन्वय समितिको भवन । भवनको मर्मतपछि यहाँ यातायात सेवा कार्यालय रहनेछ ।