वैशाख २ गते चितवनमा राप्रपाको वृहत आमसभा : लिङदेन, पाण्डे, शाही र थापाले सम्बोधन गर्ने
न्युजभित्तो/२३ चैत्र २०७८, बुधबार ०८:४७
चितवन, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले आगामी वैशाख २ गते भरतपुरमा बृहत आमसभा गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी सभा गर्न लागिएको हो ।
भरतपुरको केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) मा हुने सो आमसभामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता जानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
राप्रपा चितवनले सभाको तयारीका लागि ५०१ सदस्यीय समिति र विभिन्न १६ वटा उपसमिति गठन गरेको भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । उक्त सभालाई राप्रपाको शक्ति प्रदर्शनका रुपमा लिईएको छ ।
राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकालले चितवनका गाउँगाउँबाट राप्रपाका हजारौँ कार्यकर्ता तथा शुभचिन्तकहरु सभामा सहभागी हुने दावी गर्नुभयो ।