सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सातै पालिकामा गठबन्धन ! संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने


  •    न्युजभित्तो/२२ चैत्र २०७८, मंगलवार १०:५१ 
  • भरतपुर,२२ चैत्र। चितवनमा हाल सरकारमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने गरी निर्णय गरेका छन् । सोमबार नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनमा रहेका दलहरुको जिल्लास्तरीय बैठकले जिल्लाका सातवटै पालिका र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

    चुनावी तालमेलको सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको कांग्रेस चितवनका सभापति खनालले जानकारी दिए । उनका अनुसार संयुक्त संयन्त्रको संयोजन भने नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ ।

    गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप एकापसमा सम्मान तथा हार्दिकताको विकास गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने ‘लब्ली’ले जानकारी दिए ।

    केन्द्रको परिपत्रअनुसार दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट एक/एक जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए । सोमबार बसेको संयुक्त बैठकमा कांग्रेस चितवनका सभापति खनालसहित नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादी चितवनका इञ्चार्ज कृष्ण खनाल, जनता समाजवादी चितवनका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरी सहभागी थिए । सहभागी पार्टी प्रतिनिधिहरुले हस्ताक्षरसहितको बैठकमा भएका निर्णयबारे विज्ञप्तिसमेत प्रकाशित गरिसकेका छन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीले भने बैठकपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेरै बैठकमा भएका निर्णयबारे जानकारी गराएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.