सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?


  •    न्युजभित्तो/२१ चैत्र २०७८, सोमबार १४:१२ 
  • काठमाडौँ,२१ चैत। काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ ।

    काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।

    आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय चुनावमा सघाउन सकिने तर मेयर भने आफूले पाउनुपर्ने काँग्रेस बैठकको माग छ ।

    केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति गरेका छन् । तर, चितवन काँग्रेसको अडानले केन्द्रमा दबाव सिर्जना भएको छ । यसअघि जुन दलले जितेको हो, त्यही दललाई छाड्ने गरी केन्द्रमा छलफल भइरहेको नेताहरु बताउँछन् ।

    त्यो स्थितिमा ६ वटा महानगरपालिकामध्ये काँग्रेसले विराटनरगर र ललितपुरसहित एमालेले जितेको काठमाडौंसमेत लिने अनि भरतपुर माओवादीलाई छाड्ने केन्द्रमा छलफल भइरहेको बुझिएको छ । पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले दाबी गरेका छन् । यसरी केन्द्रमा होमवर्क भइरहेकै बेला चितवन काँग्रेसले भरतपुरको मेयरसमेत आफैंले पाउनुपर्ने दाबी गरेको हो ।

    नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले रातोपाटीसँग भने, ‘चितवन जिल्ला कार्यसमितिको बैठकले केन्द्रको पाँच दलीय संयन्त्रलाई अन्य जिल्लामा जस्तै निरन्तरता दिइने निर्णय ग¥यो । तर, यसको बटमलाइन भरतपुर महानगरपालिकाको मेयर काँग्रेसको हुनुपर्नेछ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.