सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पहिलो पटक साइकल म्याराथन हुने


  •    न्युजभित्तो/१८ चैत्र २०७८, शुक्रबार १६:४४ 
  • काठमाडौं,१८ चैत्र । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो ।

    साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दूरी करिब ६५ देखि ७० किलोमिटर हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनमा तीन विधामा प्रतिस्पर्ध हुनेछ ।

    इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष र भरतपुर विशेस अन्तर्गत चितवन जिल्लाका मात्र महिला पुरुषले सहभागिता रहने छ । नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको बिभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिइन् ।

    प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।

    यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.