सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको खैरहनीका राममणि न्यौपाने सम्मानित


  •    न्युजभित्तो/१७ चैत्र २०७८, बिहीबार १४:०८ 
  • रत्ननगर १७ चैत । सामाजिक क्षेत्रमा क्रियाशिल चितवनको खैरहनीका राममणि न्यौपाने काठमाडौंमा सम्मानित भएका छन् । रिपोर्टर्स क्लवको २४औं बार्षिकोत्सबको अबसरमा न्यौपानेलाई सम्मान गरिएको हो ।

    सामाजिक रुपान्तरण र विपन्न समुदायको जीविकोपार्जन तथा जीवनस्तर उकास्न उनले खेलेको भूमिकाको उच्च मुल्याङ्न गर्दै क्लवले न्यौपानेलाई सम्मान गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र क्लवका अध्यक्ष ऋषि धमलाले न्यौपानेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    खैरहनी नगरपालिका वडा नं ४ का स्थायी बासिन्दा न्यौपाने लायन्स क्लव अफ पूर्वी चितवनको संस्थापक अध्यक्ष तथा कंकाली सामुदायिक वनका अध्यक्ष समेत हुन । उनी नेपाली काँग्रेसबाट आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकाँक्षी हुन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.