भरतपुर,१७ चैत्र। चितवनका उद्योग क्षेत्रमा दैनिक १४ घन्टा अघोषित लोडसेडिङ सुरू भएको छ । सोमबारदेखि दैनिक १४ घन्टा अघोषित लोडसेडिङ हुन थालेको हो । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले जानकारी दिए ।
‘भारतले प्रतियुनिट ३८ रूपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषितरुपमा लोडसेडिङ सुरू भएको छ’, उनले भने, ‘पानी नपरून्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाब नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिकरुपमा भने लोडसेडिङ घोषणा गरेको छैन । चितवनमा साना–ठूला गरी करिब ३०० उद्योग अघोषित लोडसेडिङको मारमा परेका छन् ।
उद्योगमा कम्तीमा ८ घन्टासम्मचाहिँ बिजुली दिने योजना रहेको उनले बताए । ग्रार्हथ्य उद्योगमा भने लोडसेडिङ हुन नदिइने उनी बताउँछन् । ‘चुुनाव आइरहेको छ, यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरुलाई जनताले कुट्छन् । त्यसोभएको हुनाले घरमा लोडसेडिङ हुन दिन नहुने हामीलाई दबाब छ’, उनले भने ।
रुस–युक्रेन युद्धको प्रभाव भारतको ऊर्जा क्षेत्रमा पनि परेपछि भारतले बिजुलीको मूल्य बढाएको हो । बढेको मूल्यमा पनि बिजुली सप्लाई सहज नहुँदा लोडसेडिङ सुरू भएको हो । नदीमा पानीको बहाब बढेपछि मात्रै बिजुली सहज हुने देखिएको छ ।