सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पिसिआर परीक्षणमा कालोबजारी, बढी रकम फिर्ता गर्नू : प्रशासन


  •    न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १५:३१ 
  • भरतपुर,१६ चैत्र । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लागेको कलेज अफ मेडिकल साइन्सेज (पुरानो) मेडिकल कलेजले अभियोग दाबीबाट सफाइ पाएको छ । तर, उसले पिसिआर परीक्षणका लागि स्टार अस्पतालमा पठाएकोमा स्टार अस्पतालले भने चार सय रूपैयाँ प्रतिनमुना बढी शुल्क लिएको भनी उससँग सो रकम फिर्ता गर्न भनिएको छ ।

    धरौटी राखिएको रकमबाट प्रत्येक व्यक्तिलाई उक्त रकम तत्काल फिर्ता गर्न भनिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । अस्पतालका सञ्चालक किशोरकुमार महर्जनको तर्फबाट रकम फिर्ता गर्न भनिएको हो । कुल एक हजार ७० नमुना परीक्षणका लागि पुरानो मेडिकल कलेजले स्टार अस्पताल पठाएको थियो । फैसलाअनुसार स्टार अस्पतालले चार लाख २८ हजार रूपैयाँ फिर्ता गर्नुपर्ने देखिन्छ ।

    मुद्दाको किनारा लगाउँदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले इन्फेक्सन कन्ट्रोल भनी स्टार अस्पतालले लिएको चार सय रूपैयाँ बढी रकम फिर्ता गर्न आदेश दिएका छन् । पुरानो मेडिकल कलेजले तत्कालीन समयमा तीन हजार रूपैयाँ प्रतिनमुना रकम लिएको थियो । जसमा दुई हजार सरकारले तोकेको परीक्षण शुल्क थियो भने छ सय रूपैयाँ ढुवानी खर्च र चार सय इन्फेक्सन कन्ट्रोल शुल्क भनी लिइएको थियो । छ सय ढुवानी शुल्क पुरानो मेडिकल कलेजले र इन्फेक्सन कन्ट्रोल शुल्क स्टार हस्पिटलले लिएको थियो । ढुवानीबापत लिएको रकम जिल्लाको डिसिसिएमसीको निर्णयअनुसार नै रहेको भनी पुरानो मेडिकल कलेजका तर्फबाट मुद्दा लडेका डा. सुप्रभात श्रेष्ठलाई सफाइ हुने फैसला भएको छ ।

    चितवन मेडिकल कलेज र क्यान्सर अस्पताल भरतपुर पनि कालोबजारी मुद्दामा मुछिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा विचाराधीन अवस्थामा छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजविरूद्ध कालोबजारीअन्तर्गत जिल्ला प्रशासनमा मुद्दा दर्ता भएको थियो । जिल्लामा तीन जना सिडिओ फेरिँदा पनि सार्वजनिक चासोको विषय रहेको यस मुद्दाको किनारा लाग्न नसकेको समाचारहरु बाहिर आएको थियो ।

    तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशले क्यान्सर अस्पतालले आठ लाख धरौटी बुझाएको हो । चितवन मेडिकल कलेजसँग भने १८ लाख धरौटी माग भएको थियो । त्यस्तै, कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेजसँग २३ लाख धरौटी माग भएको थियो । यी तीनवटा अस्पताललाई विपक्षी बनाई कालोबजारी तथा केही सामाज

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.