सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन तीन वर्षपछि कोरोना मुक्त


  •    न्युजभित्तो/१४ चैत्र २०७८, सोमबार १६:३२ 
  • चितवन, चैत १४। चितवन तीन वर्षपछि कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ ।

    २०७६ चैत ३ गते पहिलोपटक राप्तीका आमाछोरामा संक्रमण देखिएको झण्डै तीन वर्षपछि चितवन पहिलो पटक कोरोना भाइरस मुक्त भएको हो ।
    स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार, आज चितवन संक्रमण मुक्त भएको हो ।

    जिल्लामा २ सातादेखि कोरोना संक्रमित भेटिएका थिएनन् । चार दिनदेखि जिल्लामा एक जना संक्रमित थिए । चितवनमा तीन वर्षको अवधिमा ३३ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये सबैभन्दा बढी पुरुषमा संक्रमण देखिएको थियो । १७ हजार ७८३ जना पुरुषमा संक्रमण पुष्टि हुँदा १५ हजार ७६५ जना महिलामा संक्रमण देखिएको थियो । त्यसमध्ये ४४९ जनाको मृत्यु भएको छ ।

    जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका थिए । महानगरमा २३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको थियो । यहाँ २८६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा तीन हजार ३४२ जना भेटिएका थिए । रत्ननगरमा कोरोना संक्रमणबाट ४७ जनाले ज्यान गुमाए ।

    यसैगरी खैरहनी नगरपालिकामा एक हजार ८३२ जनामा संक्रमण पुष्टि हुँदा ३२ जनाको मृत्यु भएको थियो । माडी नगरपालिकामा एक हजार ६१५, राप्ती नगरपालिकामा एक हजार ३५४ र कालिकामा एक हजार १५४ जनामा संक्रमण देखिएको थियो । यी नगरपालिकामा क्रमशः २१, ३२ र २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा थोरै ३६५ जनामा संक्रमण देखिएको थियो । इच्छाकामनामा तीन जनाको मृत्यु भएको छ ।

    भरतपुर अस्पतालका कोरोनाका क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले भरतपुर अस्पताल पूर्णतया कोरोनामुक्त भएको तीन दिन भएको नारायणी अनलाइनलाई बताए । औपचारिक घोषणा हुन बाँकी रहे पनि चितवनका खोप र बुस्टर डोजको कभरेज बढेसँगै संक्रमण घट्न थालेको हो । उनले भने, ‘ चीनमा देखिएको नयाँ भेरियन्ट भारत हुँदै नेपाल नभित्रिए अहिलेलाई हामी संक्रमणमुक्त भएका छौं ।’ कोरोनाको जोखिम कायमै रहेकोले निर्धक्क भएर हिड्ने अवस्था भने नरहेको बताए । उनले भने, ‘अहिले संक्रमण मुक्त त भयौं तर कोरोना थप शक्तिशाली भएर आयो भने यसै भन्न सकिन्न ।’

    चितवनमा कोरोना संक्रमणको अवस्था:

    २०७६ चैत ३ गते बेलायतबाट आएका आमाछोरामा संक्रमण देखिएको थियो । ६३ वर्षकी आमा र २७ वर्षका छोरा थिए । सो महिनामा दुई जना मात्र संक्रमण देखियो । चैत ११ गतेबाट लकडाउन सुरु गरेपछि वैशाख महिनामा एक जनामा पनि संक्रमण देखिएको थिएन । तर, उनीहरु कोरोना मुक्त भएका थिएनन् ।

    कोरोना संक्रमण बिस्तारै बढ्दै जेठ महिनामा ३४ जनामा पुष्टि भयो । सोही महिना एक जनाको मृत्यु समेत भएको थियो । कोरोना थपिँदै असार महिनामा ७४ जनामा देखियो । साउनमा १०५ जनामा संक्रमण देखियो । ह्वात्तै बढ्दै भदौ महिनामा एक हजार १४६ जनामा पुग्यो । सोही महिना १६ जनाको समेत मृत्यु भयो । पहिलो लहर आउँदा कात्तिक महिनामा सबैभन्दा बढी संक्रमित भेटए । सो महिनामा दुई हजार १५८ जनामा संक्रमित देखिए । सोही महिना ४४ जनाले समेत ज्यान गुमाए । त्यसपछि क्रमशः घट्दै २०७७ फागुन महिनामा आउँदा ९६ जनामा झ¥यो ।

    ९६ जनामा झरेको संक्रमण दर फेरि डेल्डा भाइरस संक्रमण सुरुभएपछि ह्वात्तै बढ्यो २०७७ को चैत महिनामा मात्रै चार हजार १७७ जनामा संक्रमण देखिएको थियो । त्यसपछि दुई महिना क्रमशः घट्दै गयो । २०७८ सालको वैशाखमा तीन हजार ८८१ र जेठ महिनामा तीन हजार ४२ जनामा देखियो । फेरि असार महिनामा डेल्टा चरम रुपमा फैलियो । संक्रमण देखिएको १५ महिना अवधिको सबैभन्दा बढी असारमा पाँच हजार २६५ जनामा देखियो । साउनमा ह्वात्तै घटेर दुई हजार १११ जनामा झ¥यो । त्यसपछि क्रमशः घट्दै मंसिरमा आउँदा २८४ जनामा झरेको थियो । चितवनमा सबैभन्दा बढी डेल्टा भाइरस खतरनाक रुपमा भैलिएको थियो । डेल्डा फैलिएको समय अर्थात दोस्रो चरणमा ३२० जनाको ज्यान गएको छ ।

    बिस्तारै संक्रमणदर घट्दै गएको समयमा तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरस भित्रियो । जिल्लामा ओमिक्रोनको यथेष्ट पुष्टि नभए पनि पुसबाट फैलिएको अनुमान छ । माघमा २०० मा भरेको संक्रमणदर पुसमा ७०० पुग्यो । एक्कासी बढ्दै माघ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुग्यो । सो महिनामा पाँच हजार ५५४ जनामा संक्रमण पुष्टि भएको थियो । फेरि ह्वात्तै घट्दै फागुन महिनामै १५० जनामा झ¥यो । त्यसपछि चैत महिनामा शून्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.