सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा बन्ने भयो आकर्षक तीन जिल्ला जोड्ने पुल


  •    न्युजभित्तो/१४ चैत्र २०७८, सोमबार १५:१२ 
  • चितवन, चैत १४-चितवन र तनहुँ जिल्लामा पर्ने चर्चित धार्मिकस्थल देवघाटमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ  ।

    देवघाटमा तीन जिल्ला (चितवन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी धिरनबाबु घिमिरेका अनुसार पुल छिटोभन्दा छिटो निर्माण गर्नका लागि देवघाट क्षेत्र विकास समिति लागिरहेको छ । उनले समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलको संयोजकत्वमा त्रिकोणात्मक पुल कार्यान्वयन समिति पनि निर्माण गरिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ स्थानीय आवश्यकताले भन्दा पनि धार्मिक पर्यटनलाई आकर्षण गर्नको लागि पुल निर्माण गर्न लागिएको हो । भारतको हरिद्वार जस्तै नेपालको देवघाट क्षेत्रको वैभव र सभ्यता जोगाउँदै धार्मिक पर्यटकको संख्या बढाउन पनि यो पुल आवश्यक छ । ’ उनले पुलको डीपीआर तयार भएर बजेटको पर्खाइमा रहेको जानकारी दिए ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागबाट कार्यान्वयन हुने यो आयोजनाको अनुमानित लागत ६३ करोड रुपैयाँ रहेको छ । विभागले यो आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । यसअघि यस्तो डिजाइनको पुल गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने गरी रिडी क्षेत्रमा बनिरहेको छ । यस्तो संरचना निर्माण हुने दोस्रो गन्तव्य देवघाट बन्ने भएको छ । यी दुई क्षेत्र धार्मिक दृष्टिकोणबाट नेपालका चर्चित गन्तव्यमा पर्छन् ।

    देवघाटमा त्रिशुली नदी र कालीगण्डकी नदीको दोभान क्षेत्रमा आयोजना बन्ने भएको छ । अहिले यस क्षेत्रमा रहेका तीन जिल्लालाई एक साथ जोड्ने अर्को संरचना छैन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई त्रिशुली नदीमाथिको झोलुंगे पुलले जोड्छ ।

    यता, गैंडाकोट नगरपालिकाको कैलाडी र हर्दी क्षेत्र भने जोडिएको छैन । यस्तो तीन मुखे पुलले तीन जिल्लालाई एक साथ जोड्ने प्रतिवेदनमा उल्लेख छ । यसले सो भेगको धार्मिक तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने आयोजनाको दाबी छ । आयोजनाको कुल लागत ६३ करोड ३५ लाख ७५ हजार ५४० रुपैयाँ अनुमान गरिएको छ । यो पुलको आयु १०० वर्ष रहने रहने गरी डिजाइन गरिएको प्रतिवेदनमा उल्लेख छ । पर्यटकका लागि बनाइने भए पनि यस पुलले तीन जिल्लाका स्थानीयलाई पनि ओहोरदोहोर गर्न सहज हुने देवघाट क्षेत्र विकास समितिको विश्वास छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.