सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विक्रम बाबा मेलाको तयारी सुरु


  •    न्युजभित्तो/१४ चैत्र २०७८, सोमबार १३:३९ 
  • चितवन,चैत १४ ।  हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने भएको हो ।

    विक्रम बाबा मेला व्यवस्थापन समिति र चितवन राष्ट्रिय निकुञ्जले छलफल गरेर दुई वर्षदेखि रोकिएको विक्रम बाबा मेला यस वर्ष सञ्चालन गर्न लागेको हो । निकुञ्ज क्षेत्रमा चैत दसैँको अवसर परेर हरेक वर्ष लाग्ने विक्रम बाबा मेला यस वर्ष चैत १८ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन गर्ने तयारी भएको छ । चैते औँसीदेखि पूर्णिमासम्म १५ दिन निकुञ्ज क्षेत्रमा मेला लाग्ने गर्छ ।

    विक्रम बाबा मेलामा देशका विभिन्न ठाउँहरुबाट धेरै भन्दा धेरै भक्तजन आउने अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका निमित्त प्रमुख सरोजमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार यसवर्ष लाग्ने विक्रम बाबा मेलाको व्यवस्थापन केरुङ्गा र पटिहानी उपभोक्ता समितिले लिएको छ । तर, निकुञ्जले पनि भक्तजनको लागि पूजा गर्ने स्थान तोकेको बताउँदै, पौडेलले भन्नुभयो, ‘तोकेको स्थान भन्दा बाहिर अन्य क्षेत्रमा भक्तजन गए निकुञ्ज जिम्मेवार हुने छैन ।’

    त्यस्तै धार्मिक विश्वास तथा आस्था भरोसाले मेलामा धेरै मानिसको भीड लाग्ने र होहल्लाले जंगली जनावरलाई प्रतिकुल असर पर्र्ने उहाँको भनाइ छ । केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार विभिन्न क्षेत्रबाट आस्था, भरोसा, सन्तान प्राप्ती, सुख लगायतका मनोकांक्षा पूरा हुने विश्वासले दर्शन गर्न भक्तजन आउने गर्छन् । बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म लाग्ने यस मेलामा पशुपक्षीको बली समेत दिने गरिन्छ ।

    पूजाआज, बाटोमा पानी छर्किने, सरसफाइ तथा पार्किङकोे व्यवस्थापन उपभोक्ता समितिले हेरे पनि होटल, खुद्रा सामग्री, कपडा, मालालगायतका स्टलहरुको व्यवस्था निकुञ्जले हेर्ने उहाँको भनाइ छ । परापूर्व कालदेखि थारु जातिले विक्रम बाबाको पूजा गर्दै आएको भएपनि पछिल्लो समय अन्य जातजातिका मानिसहरु पनि विक्रम बाबाको पूजा गर्न जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष कोरोनाको समय भए पनि केही भक्तजन भने आएका थिए र यस वर्ष पनि आउने क्रम सुरु भइसकेको छ ।’

    त्यस्तै पहिले केही वर्ष अगाडि डुंगाको सहाहेताले राप्ती नदीतर्दा घटना भएपछि हाल डुंगाको व्यवस्था भने नभएको उहाँको भनाइ छ । विक्रमबाबाको थान चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा क्षेत्रमा रहेको छ । जुन भरतपुर सदरमुकामबाट करिब २२ किलोमिटर दक्षिणमा पर्दछ । यहाँ थारु समुदायका एक ‘गुरौ’ जडीबुटी खोज्न जंगल जाँदा बाघको आक्रमणबाट मृत्यु भएपछि उहाँको नाममा पूजा गर्ने गरिएको भक्तजनहरुको मान्यता छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.