सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कांग्रेसले माओवादीलाई सहयोग गर्दैन : केन्द्रीय सदस्य गुरुङ


  •    न्युजभित्तो/१३ चैत्र २०७८, आईतवार १३:४५ 
  • १३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको उनले पत्रकारलाई जानकारी दिए ।

    भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएको भन्दै उनले १० वर्षसम्म रुखमा भोट हाल्न नपाउँदा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको उनले बताए ।

    विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नु पर्ने चिवनका कांग्रेस कार्यकर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले बताए ।

    ‘फेरि पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन्,’ सानेपामा पत्रकारसित कांग्रेस केन्द्रीय सदस्य गुरुङले भने, ‘रेणुले हार्छिन ।’

    आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उनले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने उनले बताए ।

    ‘६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनु परेको तपाईंहरुलाई थाहा छँदै छ’, ७४ को स्थानीय चुनावको प्रशंग निकाल्दै उनले भने, ‘फेरि पनि रेणुलाई समर्थन गर्ने हो भने चितवनमा कांग्रेसले सहयोग गर्दैन’, उनले भने ।

    विगतमा चितवनका चार क्षेत्र नै जितेको, तत्तकालीन सभापति सुशील कोइराला चितवनबाट चुनाव जितेर प्रधानमन्त्रीसमेत भएको भन्दै उनले सानेपामा पत्रकारसित भने, ‘चितवनमा कांग्रेस कमजोर हैन, तर केन्द्रबाट कमजोर बनाइएको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.