माडी,११ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने दाबी गरेका छन् ।
माडी नगरपालिका–९, राईडाँडामा कुसुमखोला नमुना चेपाङबस्तीको बिहीबार उद्घाटन गर्दै उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए । आउँदो निर्वाचनमा पार्टीलाई बलियो साबित गर्न गाउँ तहमा संगठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो । गएको निर्वाचनमा आफूले गरेको वाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए ।
कुसुमखोलाबाट विस्थापित भई माडी–९, राईडाँडामा बसोवास गरिरहेका चेपाङहरुको बस्तीका रुपमा परिचित कुसुमखोला नमुना चेपाङबस्तीमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरुको सहयोगमा ती घर निर्माण गरिएका हुन् ।
माडीकै कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङबस्तीहरुबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुका निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती कार्यक्रमअन्तर्गत ४१ घरपरिवारको आवास निर्माण पूरा भएको छ । यसबाहेक, छिमेकी समाजसेवा संस्थाबाट १८ र नगरपालिकाबाट थप १८ चेपाङ घरहरु निर्माणको चरणमा रहेका छन् ।
माडी–७, देवेन्द्र टोलस्थित माओवादी जनयुद्धका शहीद नीलकण्ठ सुवेदीको घरमा पुगेर प्रचण्डले बिहीबार बिहानको खाना खाएका थिए । सुवेदीको बिहीबार स्मृति दिवस पनि परेको थियो ।
यसअघि उनले माडी नगरपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत ५ करोड ३८ लाखको बजेटमा हालै निर्माण सम्पन्न भएको माडी–२, चिरौली चोकदेखि माडी–४, शीतलपुरस्थित एकता स्तम्भसम्म पुग्ने ५ किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल अविनाश, माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार ’इन्द्रजीत’, चितवन पार्टी संयोजक रामचन्द्र अधिकारी, सचिव द्रोणबाबु शिवाकोटी एवं नगरस्तरका नेता तथा कार्यकर्ताहरु सहभागी रहेका थिए । गत वर्ष उनले सो सडकको शिलान्यास गरेका थिए ।
यस्तै, अध्यक्ष प्रचण्डले नारायणगढ–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडी न.पा. वडा नं–७ र ८ जोड्ने परूई खोला पुलको औपचारिक उद्घाटन गरेका थिए । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भई बी.टी. निर्माण सेवाले २०७६ जेठदेखि निर्माण सुरू गरेको सो पुलको केही महिनाअगाडि निर्माण पूरा भएकोमा हालै पुलमाथिको कालोपत्रे निर्माण सकिएको हो ।
नारायणगढ–माडी–ठोरी हुलाकी सडकमा करिब ८२ करोड रूपैयाँको लागतमा निर्माण चलिरहेका १२ वटा पुलहरुमध्ये यसपटक दोस्रो पुलको उद्घाटन सकिएको हो । अन्य पुलहरुमा निर्माण कार्य जारी रहेको छ ।