होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई
न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार १८:२८
भरतपुर, १ चैत। होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज मङ्गलबार विद्यालयले एक कार्यक्रममा बधाई ज्ञापन गर्दै विदाई गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले जतिसुकै सङ्घर्ष गर्नु परेपनि शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो। होली भिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडी, सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा, अभिभावक संघका सचिव यामलाल भण्डारी, सदस्य नारायणप्रसाद खराल, विद्यार्थीहरु आयुस सापकोटा, सोनिया पाठक, सौरभ कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने अभिभावकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। होली भिजन पब्लिक स्कुल भरतपुरले २०७६ सालबाट कक्षा ११ सञ्चालन गरेको छ। हाल कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु विद्यालयबाट १२ उत्तीर्ण गर्ने पहिलो समुहका हुन् ।
भरतपुर, १ चैत। होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज मङ्गलबार विद्यालयले एक कार्यक्रममा बधाई ज्ञापन गर्दै विदाई गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले जतिसुकै सङ्घर्ष गर्नु परेपनि शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो। होली भिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडी, सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा, अभिभावक संघका सचिव यामलाल भण्डारी, सदस्य नारायणप्रसाद खराल, विद्यार्थीहरु आयुस सापकोटा, सोनिया पाठक, सौरभ कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने अभिभावकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
होली भिजन पब्लिक स्कुल भरतपुरले २०७६ सालबाट कक्षा ११ सञ्चालन गरेको छ। हाल कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु विद्यालयबाट १२ उत्तीर्ण गर्ने पहिलो समुहका हुन् ।