उद्योग वाणिज्य संघ चितवनको उपाध्यक्षमा शिरिष पन्त र राजेन्द्र ओली निर्वाचित
न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार ०८:००
नारायणगढ, १ चैत । उद्योग वाणिज्य स.घ चितवनको कर्पोरेट उपाध्यक्षमा सिरिष पन्त विजयी हुनुभएको छ । उहाँले शंकर नेपाललाई ४४ मतान्तरले जित्नुभएको हो । सिरिष पन्त २ कार्याकाल काम गरिसक्नुभएको छ ।
यस्तै कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी हुनुभएको छ । उहाँले भोजराज कौडाललाई ८९ मतान्तरले जित्नुभएको छ । ओली ५ कार्याकाल निर्वाचित सदस्यका रुपमा काम गरिसक्नुभएको थियो ।
यस्तै इतरसमूहबाट ४ जना वस्तुगत सदस्यहरु निर्वाचित हुनुभएको छ । गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी हुनुभएको छ । वस्तुगत सदस्यलाई नवनिर्वाचित अध्यक्ष श्रेष्ठ समूहले आफ्नो समूहमा राखेको थिएन । यस्तै वाणिज्यतर्फका ६ जना सदस्य भने सबै श्रेष्ठ समूहकै निर्वाचित हुनुभएको छ ।
थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । यसअघिनै अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा चिरञ्जिवी सुवेदी निर्विरोध चयन भैसक्नुभएको छ ।
१ महिला, १ क्षेत्रीय, २ कर्पोरेट, ६ उद्योग सदस्यहरु यसअघिनै निर्विरोध चयन भैसक्नुभएको छ । ३ हजार ४ सय ३७ मत रहेकोमा २ हजार २ सय १ जनाले मतदान गरेका थिए । सबै पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने पूर्वअध्यक्षहरुको सक्रियता भएपनि उम्मेदवारहरु मिल्न सकेका थिएनन् ।
यसैबीच उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । २५ सदस्यीय नयाँ कार्यसमितिमा १३ जना सर्वसम्मत र १२ जना मतदानबाट निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई भोलि बुधबार पदहस्तान्तरण कार्यक्रम हुने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दिउसो ३ बजे संघको सभाहलमा पदस्थापन कार्यक्रम हुनेछ । नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठ इतर समूहका ६ जना निर्वाचित भएका छन् । १९ जना सबै चुननारायण श्रेष्ठ समूहकै निर्वार्चित भएका छन् ।
यसपाली समूहगत प्यानल नभएपनि निर्विरोध अध्यक्ष बन्नुभएका श्रेष्ठ कर्पोरेट उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, ६ जना वाणिज्य सदस्यको पक्षमा पत्रकार सम्मेलननै गरेर खुल्नुभएको थियो । तर, उहाँको समूहमा निर्विरोध कार्यसमितिमा १३ जना समावेश हुनुहुन्थ्यो । तर, २ उपाध्यक्ष चुननारायण श्रेष्ठ इतर समूहबाट निर्वाचित हुनुभएको छ ।