सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उवासंघ चितवनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै


  •    न्युजभित्तो/३० फाल्गुन २०७८, सोमबार ०८:२८ 
  • चितवन, ३० फागुन । उद्योग वाणिज्य संघ–चितवनको नयाँ कार्यसमिति चयनका लागि आज सोमबार मतदान भईरहेको छ । संघको परिसरमा विहान ८ बजेदेखि मतदान शुरु भएको हो । अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उद्योगतर्फको उपाध्यक्ष सर्वसम्मत भए पनि वाणिज्यतर्फको उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्षमा मतदान हुन लागेको छ ।

    वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त र शंकर नेपालबीच प्रतिस्पर्धा रहेको छ । यस्तै वस्तुगततर्फको उपाध्यक्षमा युवा व्यवसायी राजेन्द्र ओली र इ भोजराज कौडालबीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ ।

    यसैगरी कार्यसमिति सदस्यमा वस्तुगत र वाणिज्यमा चुनावी प्रतिस्पर्धा हुँदैछ । वस्तुगततर्फ ४ जनाका लागि गुणराज पौडेल, जनक पौडेल, डोलक प्रसाद पुडासैनी, प्रेमप्रसाद पाण्डे, रविन्द्रकुमार श्रेष्ठ, राजेन्द्र तिवारी र सन्तोष जनक भुषाल चुनावी प्रतिस्पर्धामा छन् ।

    यसैगरि वाणिज्यतर्फ ६ जना सदस्यका लागि विकास श्रेष्ठ, थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोख्रेल, नरहरि घिमिरे, नारायण प्रधान, महादिप श्रेष्ठ, महेशराज भट्टराई, राजन पिया र ज्ञानु प्रसाद न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा कुल ३४ सय ३७ मतदाता रहेका छन् । मतगणना भने चैत १ गते हुने निर्वाचन समितिले जनाएको छ ।

    फागुन २५ गते भएको मनोनयनमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि संघको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ र उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जिवी सुवेदी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

    यस्तै कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीय तर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवन कुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित हुनु भएको छ । उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भईसक्नु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.