सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग व्यवसाय महासंघ गैँडाकोटमा नयाँ नेतृृत्व


  •    न्युजभित्तो/२२ फाल्गुन २०७८, आईतवार १७:४५ 
  • गैँडाकोट, २२ फागुन । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गैँडाकोट नगरपालिकाको प्रथम अधिवेशनले सुधन पियाको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी चयन गरेको छ । आगामी २ वर्षका लागि पियाको अध्यक्षतामा २१ सदस्यीय गैँडाकोट नगरकमिटी सर्वसम्मत चयन गरिएको हो ।

    कमिटीको उपाध्यक्षमा नरेश आचार्य र नवराज पौडेल, सचिवमा दिपक खराल, कोषाध्यक्षमा जयराम कंडेल , उपसचिवमा दुर्गा सापकोटा र कमलनारायण न्यौपाने र कमिटीको कोषाध्यक्षमा तुलसी पाण्डे रहनुभएको छ ।

    त्यसैगरी कमिटीको सदस्यहरुमा सन्त बहादुर विश्वकर्मा, हरि पौडेल, सचिनराज गौतम, युवराज भूसाल, ध्रुव अधिकारी, शान्तिदेवी पौडेल, एकविर हमाल, गोपाल पौडेल, प्रकाश हमाल, दिनेश लम्साल, मन बहादुर नेपाली, तिर्थ बहादुर दराई ,रविन्द्र काफ्ले , विनोद ज्ञवाली र मानकुमार श्रेष्ठ रहनुभएको छ ।

    नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरका अध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपुर सहईन्चार्ज रविन्द्र अधिकारीको प्रमुुख आतिथ्यतामा भएको उद्घाटन शत्रमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका सचिव मोतीप्रसाद पौडेल, नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे, नेकपा एमालेका जिल्ला उपसचिव यमुनाथ आचार्य लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा नवलपुर सहईन्चार्ज रविन्द्र अधिकारीले उद्योग व्यवसायको विकास र प्रर्वधनका लागि नेकपा एमालेले विगतदेखिनै काम गर्दै आएको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको हकहितका लागि आगामी निर्वाचनमा समेत एमालेलाई तीनवटै तहमा निर्वाचित गर्नुपर्ने आवस्था आएको बताउनुभयो ।नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेकपा एमाले निकटका उद्योगी व्यवसायीहरुको संगठन हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.