चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत फेला
न्युजभित्तो/२० फाल्गुन २०७८, शुक्रबार ११:०१
चितवन, २० फागुन । चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा एकसिंगे गैंडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १० स्थित वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी मिलेको हो । सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए । निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गरेको छ । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो ।
यो सँगै चालु आर्थिक वर्ष २०७८÷७९ मा मा ३० वटा गैँडा मरेका छन् । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मारिएका हुन् ।

(फाईल तस्वीर)