सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो एक महिनामै चौथो छावा


  •    न्युजभित्तो/२० फाल्गुन २०७८, शुक्रबार ०९:३७ 
  • चितवन, २० फागुन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्को छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् । दुई महिनाअघि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाबाट गर्भवती नभएको भन्दै कामका लागि लामीचौर पठाइएको हात्तीले बच्चा जन्माएपछि हात्तीसारका कर्मचारी खुसी भएका छन् ।

    गत माघ १९ देखि फागुन १९ गतेसम्म चार हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या पाँच पुगेको छ । केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलीले जन्माएको बच्चालाई रामसारकली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामकरण गरिएको छ । यस्तै फागुन १७ गते डम्बरकलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यसअघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन–चार महिनाभित्रमा लोकतन्त्रकली र ऐश्वर्यकलीले बच्चा जन्माउने चौधरीले बताउनुभयो ।

    प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको चौधरीको भनाइ छ । यद्यपि ध्रुवे र गोविन्दे नामका जङ्गली हात्ती पनि समय–समयमा सङ्सर्गका लागि केन्द्रमा आउने गर्दछन् । निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये छवटा कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् ।

    निकुञ्जको सुरक्षार्थ हात्ती प्रयोग गर्ने गरिन्छ । अन्य सवारीसाधन जान नसक्ने ठाउँमा समेत हात्ती जान सक्ने भएकाले निकुञ्ज सुरक्षामा हात्तीको विशेष भूमिका हुने गर्दछ । बाघ, गैँडालगायतका अन्य जङ्गली जनावर नियन्त्रणमा लिनुपर्दा समेत हात्तीको प्रयोग हुने गरेको छ । रासस

    (फाईल तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.