सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै


  •    न्युजभित्तो/१६ फाल्गुन २०७८, सोमबार १२:२२ 
  • गैंडाकोट, १६ फागुन । नवलपरासीको गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    नवजागरण ग्रामीण विकास केन्द्रले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीले भाग लिने खेल संयोजक धामनाथ सापकोटाले बताउनुभयो । लामो समयदेखि खेलकूदका गतिविधि ठप्प जस्तै भएको अवस्थामा खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ थियो ।

    प्रतियोगितामा विजेता हुने टोलीले रु दुई लाखसहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो । उपविजेताले रु एक लाख ५० हजार, म्यान अफ दी सिरिजले रु १० हजार, इमर्जिङ प्लेयरले रु सात हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले रु जनही पाँच÷पाँच हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले रु एक हजार ५०० सहितका पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको समापन फागुन २५ गते हुने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.