सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजको सेवा कैलाशनगरबाट पनि


  •    न्युजभित्तो/१६ फाल्गुन २०७८, सोमबार १२:०९ 
  • चितवन, १६ फागुन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो ।

    अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ । गुणस्तर कायम गर्दै सेवा विस्तार गरेको उहाँको भनाइ छ । क्लिनिकबाट हरेक दिन बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बहिरङग सेवा उपलब्ध हुनेछ ।

    उहाँका अनुसार विशेषज्ञ चिकित्सकको निगरानीमा मेडिकल अधिकृत भई काम गरेको अनुभव प्राप्त चिकित्सक क्लिनिकमा उपलब्ध हुनेछन् । छिट्टै विशेषज्ञ सेवा दिने तयारी गरिएको लम्सालले बताउनुभयो ।

    क्लिनिकमा आउने बिरामीको एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला परीक्षणको सुविधा समेत त्यहीबाट हुने छ । अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा सञ्जय यादवका अनुसार यहीँबाट नमूना सङ्कलन गरेर मेडिकल कलेजको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
    यादवले भन्नुभयो,“नमूना यही सङ्कलन हुन्छ, छिटोभन्दा छिटो भरतपुरमा पठाएर परीक्षण गराउँछौं । अनलाईनमार्फत् परीक्षणको रिपोर्ट यही आउँछ ।” क्लिनिकमा डे केयरसँगै फार्मेसीकोसमेत सुविधा रहेको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छिट्टै नेपाल सरकार, स्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकासँग समन्वय गरी नियमित खोप लगायतका सरकारी स्वास्थ्य सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

    स्थानीयवासीलाई सहज उपचार सेवा दिनका लागि यो क्लिनिक सञ्चालन गरिएको उहाँको भनाइ छ । क्लिनिकमा सबै खालका रोगको परीक्षण हुने उहाँले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजको भरतपुरस्थित अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.