भरतपुरका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति
न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार १७:२९
भरतपुर, १५ फागुन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।
भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा बिद्यालयका २४० जना बिद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी बिद्यालयका बिद्यार्थीका लागि प्रदान गरिने छात्रबृति रकम बैक मार्फत बिद्यालयको खातामा पठाएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले बताए ।
महानगर प्रमुख रेनु दाहाल उपप्रमुख पार्वती शाह ठकुरीको हातबाट ११ बिद्यालयका २४० बिद्यार्थीलाई एकै दिन सो रकम हात हातमा हस्तान्तरण गरिएको हो । लोपउन्मुख तथा अति सिमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस भन्ने उदेश्यका साथ भरतपुर महानगरले नेपालमानै पहिलो पटक यति धेरै रकम नगद छात्रबृत्ति दिएको छ ।
चेपाङका बालबालिकाले देशमा गणतन्त्र आएपछि पहिलो पटक यति धेरै नगद छात्रबृत्ति नेपालमानै पहिलो पटक भरतपुर महानगरले दिएको चेपाङ अभियान्ता तथा अभिभावक रामलाल प्रजाले बताए ।
भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठुलो रकम लगानी गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । विकट मानिएको वडा नम्वर २९ को पहाडका बिद्यालयदेखि महानगरका अरु वडाका सबै बिद्यालयका बिद्यार्थीका लागि आवस्यक्ताका आधारमा शैक्षिक विकास गरेको उनको भनाई छ ।
महानगरले लक्ष्मी माध्यामिक बिद्यालय, जन ज्योती मा बि, बालकुमारी कन्या मावि र रामनगर माबिमा कार्यक्रम गरि ११ बिद्यालयका बिद्यार्थीलाई नगद प्रदान गरेको हो ।