पितृसत्तात्मक मुलुकमा महिलामाथीको दमन कायमै छ भनिरहँदा कतै पुरुष पनि दमनमा त छैनन् भन्ने कुरा सोच्नु जरुरी छ। इतिहासदेखि वर्तमानसम्म समाजको रथ अगाडि बढाउन महिला र पुरुषको सहभागिता रहँदै आएको छ । महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्रा पनि भन्ने गरिन्छ । समानताको जति उदाहरण दिए पनि विभेद भने हट्न सकेको छैन । पुरुषद्वारा महिला पीडित बनेका धेरै घटना छन् भने कतिपय महिलाद्वारा पुरुष पनि पीडित छन् ।
काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।
संविधानमा प्रत्येक महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी हक अधिकार हुनेछ भनी उल्लेख गरिएतापनि महिलामाथि हुने हिंसा बढीनै रहेका छन्। महिला हिंसा सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार बनाइएको सदस्य राष्ट्रको हैसितमा बनाइएको कनून भएतापनि कानून कार्यान्वयन प्रक्रिया ज्यादै फितलो छ। समय समयमा आउने महिला हिंसा र अपराधमा शून्य सहनशीलता, घर शान्ति नै विश्वशान्तिको आधार महिला हिंसा विरुद्धका अभियान केही मात्रामा भईरहेतापनि व्यवहारिकतामा खासै परिवर्तन आएको देखिंदैन ।
महिला पीडित भएको अवस्थामा बोल्नका लागि मान्छे अघि सर्छन् । समस्या समाधान पनि गर्छन् । पुरुष पीडित भएका समाचार सुन्न, पढ्न र हेर्न मिल्ने गरी लगभग एकदम कम प्रतिशतमा भेटिन्छन् । त पुरुष होस् । तैंले रुनुहुँदैन । आफ्ना कमि–कमजोरीलाई देखाउनुहुँदैन ।’ यस्ता पुराना कथनले कतै आफ्ना समस्या सुनाउन नसकेर कति बाबा ,अंकल ,दाइ भाइहरूले आत्महत्या गरे कि ? जति ठूलो पीडालाई पनि आफूभित्र भष्म गर्न सक्नुपर्ने त्यत्रो साहस होला ?
पुरुषहरूको पनि उमेर बढेसँगै विभिन्न जिम्मेवारी थपिंदै जान्छन् । समस्याले बृहत् आकार लिंदै जान्छन् । तिमी नरुनु, आफ्नो समस्या कसैलाई नभन्नु भनिएको हुन्छ । किनभने यो पुरुषप्रधान समाज हो । जुन दिन तिमीले महिलाले झैं आँसु बगाउन सुरु गर्छौ, पीडा र समस्याहरू भन्न थाल्छौ, त्यही दिनदेखि ढल्नेछ, तिम्रो पुरुषप्रधान समाजको महल । थाहा छ मलाई तिमी यसकारण पनि यसो गर्ने छैनौ ।
बाबु आमाले सानैदेखि छोराछोरीलाई हुर्काउँदै गर्दा छोराछोरीका इच्छा र आवश्यकताहरू पूरा गरिदिन्छन् । जुन बाबुआमाको कर्तव्य पनि हो । तर, पुरुषहरूलाई अलि बढी मायाले बेरेर पालिन्छ कि । अलिकति चोट लाग्दा पनि ठूलो उपचार गरिन्छ । तिम्रा अभाव र आवश्यकतालाई जसरी पनि परिपूर्ति गरिन्छ । जसले अभावलाई देखेन, दुःखलाई भोगेन, त्यो मान्छे कसरी बलियो हुन सक्छ ? अलिकति छोरालाई पनि अभावमा हुर्काउन जरुरी छ ।
छोरीहरू बचपनदेखि जीवनकालभर असह्य पीडा सहेर बाँच्नु परेको छ । जसले जीवनकालभर चरम अभाव ,आवश्यकताहरू हरपल झैल्दै अगाडि बढ्नु परेको छ । समाजले उनीहरूलाई कमजोर उपमा दिएको छ । पुरुषमा अब विस्तारै एकखालको डरले जरा गाड्न सुरु गरिसकेको छ । त्यो डर महिलाको होइन, समाजको हो । एउटा पुरुषले महिलालाई पिट्दा सामान्य देख्ने यो समाजले अलिकति नजर बदल्न जरूरी छ । एउटा महिलाले पुरुषलाई पिट्दा पनि सामान्य देख्ने नजर बनाउन जरुरी छ। होइन भने महिलापुरुष समान हुन भनेर कसरी मान्ने । समाज रुपान्तरण भएको छ, समाज विकास भएको छ, उन्नति, प्रगति भएको छ भनेर कसरी पहिचान गर्ने ? अब परम्परागत सोचको पिंजडाबाट बाहिर निस्कने आँट गर्नुपर्छ हामीले ।
पुरुषप्रधान समाज भनेर पुरुषको हामीले मनोवैज्ञानिक रूपमा मन र मस्तिष्कमा भयङ्कर ठूलो अहम्ताको तस्वीर बनाएका छौं ।अब यसो नगरौं । यी र यस्तै नाराहरू रटेर झन् हामी कमजोर हुँदै गएका हौं । पुरुष प्रधान समाजमा छोराले जे गरेपनी छुट छोरीलाई सामाजिक बहिष्कारको भावनाबाट माथी उठाउनु जरुरी छ। छोरीले गल्ती गर्दा इज्जत जाने समाजमा छोराले गल्ती गर्दा पनि इज्जत जान्छ भनी सिकाउन जरुरी छ र लिङ्गको आधारमा हुने सामाजिक बहिष्कार दुबैलाई बराबरी हुनुपर्छ ।