सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा चार वटा ट्रकबाट ठूलो परिमाणमा कपडा बरामद


  •    न्युजभित्तो/१२ फाल्गुन २०७८, बिहीबार १२:३५ 
  • चितवन, १२ फागुन । पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिकाबाट चितवन प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । वीरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेका चारवटा ट्रकबाट कपडा बरामद गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ८६ पोका कपडा बरामद भएको छ । ना ६ ख ५०६१ नम्बरको ट्रकमा २५ पोका, ना ६ ख ११३ मा २१ पोका, ना ६ ख ११६६ मा ९ पोका र ना ७ ख ९२२४ मा ३१ पोका कपडा बरामद भएको उहाँले जानकारी दिनुभयो । ती पोका भित्र कार्पेट, पर्दा सहित मानिसले लगाउने कपडाहरु रहेका छन् ।

    रड बोकेका ट्रकमा लुकाएर कपडा ल्याईएका थिए । पोकाभित्र साना पोका पारेर राखिएकाले बिहानबाट गन्न थालिए पनि एकिन तथ्याङ्क आईसकेको छैन । बिलबिजक नगरी भन्सार छलेर कपडा ल्याईएको सूचनाका आधारमा ती कपडा बरामद गरिएको हो । चारवटा ट्रकका चालक समेत नियन्त्रणमा लिईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.