वातावरणीय, स्वास्थ्य र मौसम प्रतिकूल समयमा रत्ननगर महोत्सव हुनेमै आशंका
न्युजभित्तो/१० फाल्गुन २०७८, मंगलवार १६:०६
चितवन, १० फागुन । चितवनको रत्ननगर महोत्सव हुने भन्दै प्रचार गरिए पनि वातावरणीय, स्वास्थ्य र मौसम प्रतिकूलताका कारण महोत्सव हुनेमा आशंका जन्माएको छ । कोरोनाको संक्रमण घटेपनि पूरै नियन्त्रणमा नआएको, फागुन चैतको हावाहुरीको मौसम र वातावरणीय दृष्टिले अनुपयुक्त स्थान भएका कारण महोत्सव हुनेमा आशंका जन्मिएको हो ।
फागुन चैत चितवन सहित तराईमा चर्को हावाहुरी आउने मौसम हो । यस्तो समयमा मेला महोत्सव स्थलका स्टल नै उडाउन सक्ने र त्यसले जनधनमा क्षति पु-याउन सक्ने धेरैको आशंका छ । विगतका वर्षहरुमा पनि यस्तो मौसममा मेला महोत्सव गरिंदैनथ्यो । तर रत्ननगर महोत्सवको आयोजक संस्थाले सबै कुराको पर्वाह नगरी जबरजस्ती महोत्सवको तयारी थालेको छ ।
जिल्लामा कोरोना संक्रमण केही घटे जस्तो देखिए पनि पूरै नियन्त्रणमा आएको छैन । यस्ता ठूलो महोत्सवले कोरोना फैलाउन सहयोगी हुने बताईन्छ । अर्कोतर्फ निकुञ्जका वन्यजन्तु चरन गर्ने क्षेत्रमा लामो समयदेखि स्टल बनाई राख्दा वन्यजन्तुमा ठूलो प्रभाव परेको संरक्षणविद्हरुले बताएका छन् ।
वन्यजन्तुको वासस्थान रहेको टिकौली चौरमा रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भन्दै पुस महिनाको पहिलो साताबाट चौर कब्जा गरेको थियो । कोरोनाले सञ्चालनमा रोक लगाएपछि अहिलेसम्म त्यस स्थानमा टहरा नहटाइ चौर कब्जा गरिएको छ । पुसदेखि कब्जा गरेको चौरमा फागुन १५देखि महोत्सव आयोजना गर्ने भन्दै प्रचार गर्दै आएको छ ।
चितवन निकुञ्ज , वन डिभिजन कार्यालय भरतपुर, संरक्षणकर्मीको सुझावलाई अटेर गरी महोत्सव आयोजना गर्ने प्रयास गरिएको छ । टिकौली चौर एकसिगे गैंँडा लगायतका वन्यजन्तुको चरण क्षेत्र हो । यहाँ चित्तल, हरिण, वदेल लगायत अन्य जनावरहरु आउने घाँस–पानी खाने, घाम ताप्ने र वस्ने गरेको चितवन निकुञ्जले जनाएको छ । निश्चित समयको लागि महोत्सव आयोजना गर्ने भनेर अनुमती दिएपनि लामो समयको लागि भने ओगट्न नदिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो “महोत्सव आयोजना गर्न अनुमती माग्न आउनु भएको छ मैले अनुमती दिएको छैन ।” महोत्सव आयोजनाको अघिल्लो दिन बन्द गर्नु पर्ने भएकाले लगानी डुबेको आयोजकहरुको गुनासो छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले टिकौली चौरमा महोत्सव आयोजना गर्दा वन्यजन्तुलाई असर गर्ने भन्दै यस्ता गतिविधि गर्न नहुने बताउनुहुन्छ । निकुञ्जका वन्यजन्तुको कोरीडोर रहेकै स्थानमा ठुलो साउण्ड सिस्टम राखेर महोत्सव आयोजना गर्नु कुनैपनि पक्षबाट राम्रो नहुने उहाँको भनाई छ । लामोसमयसम्म स्थान ओगटेर राख्ने र फेरी महोत्सव आयोजना हुनु ज्यादै दुखद पक्ष भएको संरक्षणकर्मीको भनाइ छ ।
निश्चित व्यक्तिको स्वार्थका लागि गरिन लागेको महोत्सवमा अवलोकनकर्ताहरुको उपस्थिति हुनेमा पनि धेरैको आशंका छ । महोत्सव केवल नाम मात्रमा सीमित रहने धेरैको बुझाई छ ।