सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेद्वारा माडीमा विद्युत अवरुद्ध भएको विषयमा ध्यानकर्षण


  •    न्युजभित्तो/८ फाल्गुन २०७८, आईतवार १९:५६ 
  • माडी (चितवन), ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी, माडी, माडीमा विद्युत आपूर्ति अवरुद्ध भएको विषयमा आज आइतबार नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौं र चनौली वितरण केन्द्रको ध्यानकर्षण गरेको छ । नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको नेतृत्वको प्रतिनिधि मण्डलले चनौली वितरण केन्द्रमा पुगेर निमित्त प्रमुख इञ्जिनियर सरोज चौधरीमार्फत ध्यानकर्षण पत्र बुझाइको हो ।

    नगर कमिटी अध्यक्ष अधिकारी र सचिव श्रीप्रसाद दवाडीद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा चनौली–माडी ३३ केभी विद्युत प्रशारण लाइन अन्तरर्गत कसर– बनकट्टा जङ्गल खण्डको भूमिगत लाइनमा पटक पटक भएको खराबीका कारण माडीबासीको जनजीवन असहज र कष्टप्रद भएको उल्लेख गरिएको छ ।

    ध्यानकर्षण पत्रमा विद्युत आपूर्ति बन्द हुँदा माडी क्षेत्रका व्यवसायहरु प्रभावित हुनुको साथै टेलिफोन, इन्टरनेटमा आएको समस्याका कारण वित्तीय क्षेत्रमासमेत असर परेको हुनाले यशाशिघ्र वैकल्पिक व्यवस्था गरी समस्याको दीर्घकालिन समाधान लागि ध्यानकर्षण गरिएको छ । साथै समस्या समाधानको लागि केवल परिवर्तन गरी पुननिर्माण गर्नसमेत आग्रह गरिएको छ ।

    ध्यानकर्षण पत्र बुझाउने प्रतिनिधि मण्डलमा नेकपा एमाले चितवनका उप सचिव चन्द्रकान्त न्यौपाने माडी नगर कमिटि सचिव श्रीप्रसाद दवाडी, नगर कमिटि सदस्य दिपक भण्डारीको सहभागिता रहेको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटि, माडीले उपलब्ध गराएको ध्यानकर्षण पत्र बुझेर इञ्जिनियर सरोज चौधरीले तत्काल नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पठाउनुभयो । उहाँले माडीमा विद्युत आपूर्तिको समस्या समाधानको लागि केन्द्रीय कार्यालयसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.