सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन अटोमोबाईल डिलर एसोसिएसनमा नयाँ नेतृत्व


  •    न्युजभित्तो/७ फाल्गुन २०७८, शनिबार १४:४० 
  • चितवन, ७ फागुन । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया सर्वसम्मत निर्वाचित हुनु भएको छ । एसोसिएसनको आज सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले पियाको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

    समितिको निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्ष उत्तम अधिकारी, सचिव विमलकुमार पौडेल, कोषाध्यक्ष यज्ञप्रसाद पौडेल रहनु भएको छ । यसैगरी सदस्यहरुमा रविनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ, सुरेशकुमार चोधरी रहनु भएको छ ।

    अधिवेशनको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपाल अटोमोबाईल डिलर एसोसिएसन (नाडा) का अध्यक्ष ध्रुव थापा, अन्तर्राष्ट्रिय अटोमोबाईल फेडेरेसनका कोषाध्यक्ष गोविन्द भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख अर्जुन पौडेल, ईश्वरकुमार श्रेष्ठ, राजन पिया लगायतले बोल्नु भएको थियो ।

    अधिवेशनले सचिव इन्द्रप्रसाद रेग्मीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विमल पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.