सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिका : एक सय बैठक, ८४० निर्णय, ९० प्रतिशतभन्दा बढी कार्यान्वयन


  •    न्युजभित्तो/५ फाल्गुन २०७८, बिहीबार ०८:२२ 
  • नारायण अधिकारी
    चितवन, ५ फागुन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै एक सय वटा बैठक भएका छन् । ती बैठकमा ८४० वटा निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनका चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् ।

    महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । नगर प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही माघ २५ गतेसम्म १०० बैठक सम्पन्न भएका छन् । ती बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको उहाँले बताउनुभयो ।

    नगरपालिकामा जनताका कामलाई सहज, निष्पक्ष र छिटोछरितो प्रदान गरिँदै आएको छ । जनताका सेवालाई सहज बनाउन एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, सात आधारभूत स्वास्थ्यचौकी, ११ वडा कार्यालय र २९ खोप केन्द्र निर्माण गरिएको बरालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “संविधान संवत् ढङ्गले सबै कामलाई अगाडि बढाउन ६१ ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिएको छ ।” नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं १०, ११, १२ र १३ घर भएका चेपाङ बालबालिका पढ्नका लागि विभिन्न सङ्घसंस्था र सांसदसँग समन्वय गरी छात्रावास निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “हामी निर्वाचित हुँदा ९० प्रतिशत मात्र बालबालिका विद्यालय जाने अवस्थाबाट शतप्रतिशत विद्यालय भर्ना दर बनाएका छौँ ।”

    बालविवाह र विद्यालय छाड्ने दर घटाउन चेपाङ छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । एम्बुलेन्समार्फत नगरपालिकाभित्रका दीर्घरोगी, अपाङ्ग, अति वृद्धलाई निःशुल्क सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आमा र बच्चाको वृद्धि विकास र स्वस्थ राख्नका लागि आमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका ५० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भएका छन् ।

    सामुदायिक विद्यालयमा अध्ययनरत एसइई दिने विद्यार्थीलाई प्रमुख तीन विषयका लागि निःशुल्क कोचिङको व्यवस्था गरिएको छ भने नगरपालिकामा श्रवणशक्ति कमजोर भएका बालबालिकाका लागि कक्षा ८ सम्म विशेष कक्षा सञ्चालन गरिएको र आवासीय सुविधा दिइएको छ । नगरपालिकाले कक्षा १ देखि ५ र ६ देखि ८ सम्म दुई स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइएको छ भने नगरपालिकाको शैक्षिक बुलेटिन प्रकाशन गरिएको छ ।

    नगरपालिकाअन्तर्गत शैक्षिक संरचना, स्वास्थ्य संस्था, कृषि पशु स्वास्थ्य संरचना, सामुदायिक भवन र नगर सभाहलसहित १२१ संरचना निर्माण गरिएको छ । नगरपालिकाले नगर पार्शोचित्र, रणनीतिक योजना, वार्षिक बजेट र नीति तथा कार्यक्रमको पुस्तक प्रकाशनजस्ता काम गरेको छ ।

    जनतालाई छिटो–छरितो र पारदर्शी ढङ्गले सेवा प्रदान गर्नका लागि राजस्व, पूर्वाधार योजना र लेखामा सफ्टवेयर तथा अनलाइनमार्फत काम गरिएको छ । प्रदेश सरकारको सहकार्यमा पशु आहार ९दाना० उद्योग सञ्चालनमा ल्याइएको छ । देशभरिकै अति महत्वपूर्ण पशु चिकित्सकसहित पशुस्वास्थ्य अस्पताल निर्माण गरिएको छ । फोहोर व्यवस्थापन गर्ने गरी जापानिज संस्था र बागमती प्रदेश सरकार तथा नगरपालिकाको संयुक्त आयोजनामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ ।

    नगरस्तरीय आयुर्वेद अस्पताल निर्माणको काम भइरहेको छ । नगरपालिका र विभिन्न सङ्घ संस्थाको समन्वयमा तीन हजार ५०० भन्दा बढी युवायुवतीलाई रोजगारमूलक, उत्पादनमूलक, आयमूलक तालिम दिइएको छ । किसानलाई निःशुल्क प्राविधिक सेवा दिइएको छ । किसानको लागि सिँचाइ कुलो र साना सिँचाइ आयोजनामा डिपबोरिङको व्यवस्था गरिएको छ । किसानलाई आवश्यकताअनुसार कृषि औजार उपलब्ध गराइएको प्रमुख बरालले जानकारी दिनुभयो ।

    यसैगरी पशुपालन गर्ने किसालाई दूध खेर जान नदिनका लागि राप्तीका छवटा दुग्ध सहकारी संस्थालाई क्रिम सेप्रेटर उपलब्ध गराइएको छ भने किसानलाई दूधमा अनुदान दिइँदै आएको छ । धेरैजसो किसानलाई मागको आधारमा च्यापकटर, काउम्याट, दूध दुहुने ठेकी वितरण गरिएको छ । सबै दुग्ध सहकारी संस्थालाई मिल्क एनलाइजर उपलब्ध गराइएको छ । व्यावसायिक पशुपालक कृषकलाई दूध दुहुने मेसिन प्रदान गरिएको छ ।

    राप्तीका सबै खोलामा बाढी आउँदा यहाँका खेती बगाउने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नगरपालिकाले खोला तटबन्ध कार्यलाई पनि तीव्रताका साथ अगाडि बढाएको छ । दक्षिणतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता र जङ्गली जनावरबीच द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्था र सांसदको समन्वयमा पक्की पर्खाल निर्माण गर्ने कार्यक्रम भइरहेको छ । हालसम्म चार किलोमिटर यस्तो पर्खाल निर्माण गरिसकिएको प्रमुख बरालले बताउनुभयो ।

    पैदल हिँड्नुपर्ने पहाडी क्षेत्रका अधिकांश ठाउँमा सडक पु¥याइएको छ । ट्रयाक, ग्राबेल, उच्चस्तरको ग्राबेल, ढलान, कालोपत्रे र मोज्याक राख्नेजस्ता काम व्यापकरुपमा भएको उहाँले बताउनुभयो । कोरोना महामारीको समयमा नगरवासीलाई सुरक्षित राख्नका लागि विभिन्न कार्य गरिएको प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार सात एम्बुलेन्स परिचालन गरिएको थियो । महिलाका लागि तीन छुट्टै क्वारेन्टाइन बनाइएको थियो भने पुरुषका लागि आवश्यकताअनुसार क्वारेन्टाइन व्यवस्था गरिएको थियो । जिल्लामा पहिलो कोरोना सङ्क्रमित भेटिएको नगरपालिकाले उपचारका लागि आवश्यक सहयोग गरेको बरालले बताउनुभयो ।

    उहाँका अनुसार हालसम्म नगरभित्र एक हजार ५०० जनाको पीसीआर र एक हजार ६०० जनाको एन्टिजेन परिक्षण गरिएको छ । एकतीस हजारभन्दा बढीलाई कोभिडविरुद्धको खोप लगाइएको छ । विसं २०७२ मा आएको भूकम्पबाट प्रभावित धेरैजसोलाई राज्यबाट पाउने राहत उपलब्ध गराइसकिएको बरालले बताउनुभयो । अव्यवस्थित बसोबासी र भूमिहीनको अभिलेखीकरणको काम भइसकेको छ ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.