सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार १०:४८ 
  • काठमाडौँ,२४ माघ। हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो ।

    प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ, १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको उद्धार गरेको हो ।

    हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट डिएसपी डिल्ली नारायण पाण्डेय नेतृत्व र महानगरीय नगर प्रहरी कार्यालयबाट डीएसपीकै कमाण्डमा उद्धार टोली हराइरहेकाहरुको खोजीको लागि चन्द्रागिरी जङ्गलमा गएको थियो । त्यसैगरी विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट समेत गरी ३७ जनाको उद्धार टोलीले ५ घण्टा लामो सर्च अपरेसनपछि हराइरहेका पाँचजनालाई उद्धार गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.