सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डप्रति बाबुरामको व्यंग : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार १०:२९ 
  • काठमाडौँ,२४ माघ ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यंग प्रहार गर्दै भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद भएको टिप्पणी गरेका छन् ।

    सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै भट्टराईले प्रचण्डलाई थप व्यंग प्रहार गर्दै माछा देखेभित्र हात, सर्प देखे बाहिर हात र भित्र खाओवाद बाहिर माओवाद भनेर प्रचण्डको प्रवृतिप्रति भण्डाफोर पनि गरेका छन् ।

    प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि प्रचण्डलाई लक्षित भट्टराईको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

    देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो । यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए ।

    डा. भट्टराईले प्रचण्डलाई इङ्गित गर्दै नेपाली राजनीति जबसम्म यस्तो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैन भनेर ठोकुवा गरेका छन् । भट्टराईले एमसीसी जुन ढंगले गिजोलिँदै गएको छ त्यसको परिणाम गम्भीर हुने पनि संकेत गर्दै अति भए खति हुन्छ भनेर लेखेका छन् ।

    भट्टराईले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै बन्दैन । MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ !’ अति भए खति हुन्छ है !’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.