जोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस, विद्यालय फागुन १ देखि खुल्ने
न्युजभित्तो/२३ माघ २०७८, आईतवार १५:०७
काठमाडौं,२३माघ। उपत्यकाभित्र यातायातमा लागु जोर(बिजोर हटाउन सिफारिस गरिएको छ।
कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर(बिजोर हटाउन सिफारिस गरेको हो।
अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर(बिजोर प्रणाली लागु थियो।
साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।
रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।