सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार नहुँदै मन्त्रालयका बोर्ड तयार


  •    न्युजभित्तो/२३ माघ २०७८, आईतवार १२:४३ 
  • काठमाडौं,२३ माघ। प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मन्त्रालय फुटाएर १३ पुर्‍याउँदै मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्।

    मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै मन्त्रालय फुटाएर अलग अलग बोर्ड समेत तयार पार्न थालिएको छ। सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय फरक रहने भएपछि स्वास्थ्य मन्त्रालयको बोर्ड तयार पारेर झुण्ड्याइसकिएको छ।

    सामाजिक विकास मन्त्रालयमा रहेको संस्कृति शाखालाई पर्यटनमा मिलाइएको छ। सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखालाई उद्योग मन्त्रालय मातहतमा लगिएको छ। भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि विभाजन गरिएको छ।

    भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भौतिक पूर्वाधारबाट यातायात छुट्याएर भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय बनाइएको छ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीन वटा मन्त्रालय बनाइएको छ। उद्योग, श्रम तथा रोजगार मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय बनाइएको हो।

    मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलबाट ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका छन्। मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हुन लागेका छन्।

    यस्तै, नेकपा माओवादी केन्द्र बाट खोटाङका रामकुमार राई ९पासाङ० र झापाका झलकसिं दर्लामी मन्त्री बन्दै छन्। नेकपा एकीकृत समाजवादी बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने निश्चित भएको एक नेताले बताए।

    कांग्रेसबाट मन्त्री बनेका थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीलाई उद्योग, श्रम तथा रोजगार र हाङमाङलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालयनिकट स्रोतले जनाएको छ।

    त्यसैगरी, माओवादीबाट राईलाई सिँचाइ, खानेपानी तथा ऊर्जा र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

    एकीकृत समाजवादीका राईलाई सामाजिक विकास मन्त्रालय र लिम्बूलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले बतायो। घिमिरेलाई भने सञ्चार तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

    मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा ९एकीकृत समाजवादी० बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री हुने भएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.