सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण


  •    न्युजभित्तो/२३ माघ २०७८, आईतवार ०८:३० 
  • म्याग्दी, २३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ ।

    यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले रु। एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिनुभयो ।

    “महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,” उहाँले भन्नुभयो “बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।”

    घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पु¥याइएको सडक गत बर्ष थप रु पाँच लाख खर्चेर प्याराभारानी ताल पु¥याइएको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी गाउँपालिकाको रु १२ लाख र प्रदेश सरकारको रु आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको रु २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन÷तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ ।

    घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताउनुभयो । “जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ,” उहाँले भन्नुभयो “करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ ।”

    गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ । समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.