उद्धार वहान खरिद गर्न मानवसेवा आश्रमलाई आर्थिक सहयोग
न्युजभित्तो/२२ माघ २०७८, शनिबार १७:०५
भरतपुर २२ माघ । मानवसेवा आश्रम भरतपुरलाई उद्धार बहान खरिद गर्नको लागि आज शनिबार आर्थिक सहयोग गरिएको छ । स्वर्गीय हरिलाल खरेलको स्मृतिमा उहाँका छोरा बुहारीहरु महेशप्रसाद खरेल, पूर्णकला खरेल, हरिलाल खरेल, दुर्गा खरेल, तुल्सीराम खरेल, देबी खरेल, मुक्तिराम खरेल, कमला खरेल, टिकाराम खरेल, सीता खरेलको तर्फबाट १ लाख ११ हजार १ सय ११ सहयोग उपलब्ध गराइएको हो ।
सहयोग रकम आज शनिबार मानव सेवा आश्रममा आयोजित कार्यक्रममा उद्धारबहान सहयोग समितिका संयोजक एवम् आश्रमका अभिभावक समाजसेवी सोम सापकोटा र समाजसेवी गोपाल कँडेलले संयुक्त रुपमा आश्रमलाई हस्तान्तरण गर्नुभएको हो ।
मानवसेवा आश्रमको उद्धारबहानको लागि मानवसेवा समाज नेपाल अष्ट्रेलियाको तर्फबाट पनि १ लाख ३० हजार आर्थिक सहयोग गरिएको छ । विदेशमा विभिन्न समाजसेवीहरुबाट सङ्कलन गरिएको उक्त रकम मानवसेवा समाज नेपाल अष्ट्रेलियाका संस्थापक समाजसेवी के।पी। सेढाईले आश्रम लाई शनिबार हस्तान्तरण गर्नुभएको हो । सहयोगक रकम हस्तान्तरण गर्दै समाजसेवी के।पी। सेडाईले मानवसेवा नै उत्तम धर्म भएको हुनाले मानवीय सेवाको लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
यसैगरी आश्रमले आयोजना गरेको ज्ञान विज्ञान धन धान्यान्चल महायज्ञमा स्वर्गीय ईश्वरकुमार सेढाइको स्मृतिमा आश्रमको लागि कोठा निर्माणको लागि बोलिएको ५ लाख १६ हजार १ सय ११ रकम पनि शनिवारनै हस्ताक्षर गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक ओमकार कँडेल, शशस्त्र प्रहरी बल आँपटारीका प्रमुख मनोज थापा, समाजसेवी गोपाल कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।