सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई दिनको वर्षाले देशभर ५ जनाको मृत्यु, ११ जना घाइते


  •    न्युजभित्तो/२२ माघ २०७८, शनिबार १६:५८ 
  • काठमाण्डौं, २२ माघ । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको छ ।

    धनुषाको सबैला नगरपालिका १२ श्री फकिरचन उमाविको प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचिई टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै मृत्यु, वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु छ । यता सुर्खेतको भेरीगंगा न।पा।( ११ साँदीखोला बस्ने वर्ष ३५ की एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको छ ।

    त्यस्तै सल्यानको बनगार कुपिण्डे नपा ७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ । रौतहटको बौधीमाई नपा १ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाइते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ वटा बाख्रा समेत मरेको प्राधिकरणले जानकारी दिएको छ । वर्षाका कारण ५ स्थानमा सडकमा अवरोध पुगेको छ भने ३ चौपाया पनि मरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.