सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई दिनको वर्षाले देशभर ५ जनाको मृत्यु, ११ जना घाइते


  •    न्युजभित्तो/२२ माघ २०७८, शनिबार १६:५८ 
  • काठमाण्डौं, २२ माघ । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको छ ।

    धनुषाको सबैला नगरपालिका १२ श्री फकिरचन उमाविको प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचिई टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै मृत्यु, वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु छ । यता सुर्खेतको भेरीगंगा न।पा।( ११ साँदीखोला बस्ने वर्ष ३५ की एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको छ ।

    त्यस्तै सल्यानको बनगार कुपिण्डे नपा ७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ । रौतहटको बौधीमाई नपा १ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाइते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ वटा बाख्रा समेत मरेको प्राधिकरणले जानकारी दिएको छ । वर्षाका कारण ५ स्थानमा सडकमा अवरोध पुगेको छ भने ३ चौपाया पनि मरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.