सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लामा हिमपात, जनजीवन कष्टकर


  •    न्युजभित्तो/२१ माघ २०७८, शुक्रबार १५:२२ 
  • सिमकोट, २१ माघ। उच्च हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

    बिहीबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको हो । सदरमुकाम सिमकोटमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ भने आवतजावतमा समस्या भएको छ । हिमपातले सदरमुकामवासीलाई समेत समस्या बनाएको छ ।

    आज शुक्रबार पनि निरन्तर हिमपात हुँदा वृद्ववृद्वा, बालबालिकालाई चिसोले सकस बनाएको छ । दुई दिन लगातार हिमपात हुँदा हवाई सेवासमेत अवरुद्ध भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । बाक्लो हिउँ जम्दा एक गाउँबाट अर्को गाउँसम्म जान पनि कठिनाइ बनाएको छ ।

    यस्तै उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । उत्तरी भेगमा झन्डै पाँच फिटसम्म हिउँ जमेको छ । यारी, मुचु, हिल्सा, लिमी, न्यालु, ताङ्गिन लगायतका गाउँमा बाक्लो हिउँ जमेको छ भने निरन्तर हिमपात भइरहेको छ । यस्तै बिहीबार साँझदेखि विद्युत् सेवासमेत अवरुद्ध बनेको छ । इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । सिमकोटमा बाक्लो हिउँ जम्दा थप समस्या बनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.