सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र भ्यान ठोक्किँदा एकै परिवारका दुईको मृत्यु, दुई घाईते


  •    न्युजभित्तो/२१ माघ २०७८, शुक्रबार १५:१३ 
  • चितवन, २१ माघ । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र नारायणगढबाट मुग्लिनतर्फ जाँदा गरेको गइरहेको लु २ ख १७०१ नम्बरको ट्रिपर भरतपुर महानगरपालिका वडा नं. २९ मा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ निवासी ३६ वर्षिया निशा ढुङ्गाना र उनको ९ वर्षिय छोरा निमेश ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    भ्यानका चालक ३५ वर्षिय राजकुमार ढुङ्गाना र मृतक निशाकी आमा राप्ती नगरपालिका वडा नम्बर ३ की ५८ वर्षिय धिरमायाँ ओली घाईते भएका छन् । ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घाईते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । कार्यालयका अनुसार भ्यान, ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.