सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमपातले जनजीवन प्रभावित


  •    न्युजभित्तो/२१ माघ २०७८, शुक्रबार १३:३३ 
  • रसुवा, २१ माघ। गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

    लाङ्टाङ, बृद्धिम, चन्दनबारी, खैदी, थुमन, नाकथली, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, ग्रे, नेसिङ, राम्चे, यार्सा, सिङ्बन्दी र लाङ्बु क्षेत्र हिमपातले प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै लोकिल, धुञ्चे, ठाडे, ठूलोस्याफ्रु, ब्राबललगायत डेढ दर्जन गाउँमा हिमपात भएको बताइन्छ ।

    वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोषिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्यालढोका खोल्नसमेत अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो ।

    समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरीगाई, भेंडाबाख्रालगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ– समाजमा कुनै समस्या आएमा तुरून्तै जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिई विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत हिमपात प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको सहायक प्रजिअ थापाले बताउनुभयो । कुनै पनि विपद् व्यवस्थापनमा उद्धारकर्मी तयार रहेकाले जिल्लास्तरमा तुरून्तै सूचना दिने कामलाई प्राथमिकता दिन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.