सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमपातले जनजीवन प्रभावित


  •    न्युजभित्तो/२१ माघ २०७८, शुक्रबार १३:३३ 
  • रसुवा, २१ माघ। गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

    लाङ्टाङ, बृद्धिम, चन्दनबारी, खैदी, थुमन, नाकथली, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, ग्रे, नेसिङ, राम्चे, यार्सा, सिङ्बन्दी र लाङ्बु क्षेत्र हिमपातले प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै लोकिल, धुञ्चे, ठाडे, ठूलोस्याफ्रु, ब्राबललगायत डेढ दर्जन गाउँमा हिमपात भएको बताइन्छ ।

    वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोषिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्यालढोका खोल्नसमेत अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो ।

    समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरीगाई, भेंडाबाख्रालगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ– समाजमा कुनै समस्या आएमा तुरून्तै जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिई विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत हिमपात प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको सहायक प्रजिअ थापाले बताउनुभयो । कुनै पनि विपद् व्यवस्थापनमा उद्धारकर्मी तयार रहेकाले जिल्लास्तरमा तुरून्तै सूचना दिने कामलाई प्राथमिकता दिन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.