सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक राजस्व कार्यालय भरतपुरद्धारा छ महिनामा १० अर्ब राजस्व सङ्कलन


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार १५:२७ 
  • चितवन, ६ माघ । आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा रु ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो ।

    विभागले तोकेको रु नौ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले रु १९ करोड २८ लाख ५५ हजार बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी हरि ढकालका अनुसार अन्तःशुल्कमा रु सात अर्ब ४८ करोड ६२ लाख ७५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड छ लाख ५० हजार, आयकरतर्फ रु ९० करोड चार लाख ६२ हजार राजस्व सङ्कलन भएको छ ।

    यस्तै ब्याज करमा रु १५ करोड नौ लाख २६ हजार, वहाल करतर्फ रु तीन करोड २८ लाख पाँच हजार, स्वास्थ्य सेवा करतर्फ रु १९ लाख तीन हजार र शिक्षा सेवा शुल्कमा रु २४ लाख ९१ हजार सङ्कलन भएको छ ।
    ढकालका अनुसार विभागले चालू आर्थिक वर्षमा रु २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व सङ््कलनको लक्ष्य तोकेको थियो ।अघिल्लो आर्थिक वर्षको पुससम्म कार्यालयले रु सात अर्ब ५१ करोड १६ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.