सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार १०:४५ 
  • जनकपुरधाम,२ माघ । प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    प्रदेश सभा सचिवालयका सचिव रंजित यादवका अनुसार बैठकमा प्रतिवेदन प्रस्तुत भएपछि यस उपर छलफल हुनेछ ।

    प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।
    समितिमा पटक-पटक छलफल भएपनि सहमति हुन सकेको छैन् । दलहरू आ-आफ्नै अडानमा छन् ।

    प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)ले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।

    राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

    दलहरूले आफ्नो अडान राख्दा पनि कसैसँग दुई तिहाई छैन् । कुल १०४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

    मधेश प्रस्ताव दर्ता गराउने जसपाका ३९, लोसपाको १६ र माओवादीका ८ गरी ६३ सांसद पुग्छन् । यसमा एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादीले पनि समर्थन गरेका छन् । तर नाम पारित गराउन दुई तिहाई बहुमत अर्थात् ७० सांसद चाहिन्छ । जो कसैसँग पनि छैन् ।

    सत्ता पक्षले अन्य दलबाट ६ सांसदलाई भित्रभित्रैबाट तान्ने प्रयास गरेका छन् ।

    सहमति नभएपछि सोमबार बिहानदेखि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.