सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ६ जनाको उम्मेदवारी : यस्तो छ मतभारको अवस्था


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार १०:५८ 
  • कर्णाली, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षलाई मात्र मताधिकार छ ।

    कर्णाली प्रदेशमा हाल स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ ।

    थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख-उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ ।

    नेकपा (एमाले) का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख÷उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । कांग्रेससँग प्रमुख-उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ ।

    एमाले विभाजनपछि बनेको नेकपा (एकिकृत समाजवादी) मा स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् । उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

    कर्णालीमा ६ उम्मेदवारको मनोनयन दर्ता

    आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

    प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली कांगे्रसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता-अल्पसङ्ख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान) ले उम्मेदवारी दर्ता गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.