माडीको कीर्तनपुर आधारभूत विद्यालयमा न्यानो कपडा वितरण र सम्मान
न्युजभित्तो/१९ पुष २०७८, सोमबार १९:०५
इन्दिरा दाहाल माडी, १९ पुस । माडीको वडा नं. ७ मा रहेको कीर्तनपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा न्यानो कपडा वितरण गरिनुका साथै शिक्षक, अक्षयकोषदाता, चन्दादातालाई सम्मान गरिएको हो ।
माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोको प्रमुख आतिथ्यष्तामा विद्यालयका १५९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय सहयोगदाता रमेश सदाशंकरले रु.५० हजार र माडी नगरपालिकाले रु.३० हजार न्यानो कपडा खरिद गर्न सहयोग गर्नुभएको थियो ।
सो समारोहमा स्व. गोपाल स्मृति अक्षय कोष दाता धनराज गौतम, स्व. टिकादेवी आचार्य स्मृति अक्षयकोष दाता विष्णुप्रसाद आचार्य, स्व. चन्द्रमोहन पौडेल स्मृति अक्षयकोष दाता कमला पौडेललाई सम्मान गरियो । यसैगरी सहयोगदाता रमेश सदाशंकर, पूर्व शिक्षक इश्वरी लामिछाने, सुनिता महतो, विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गर्ने सुमित गायकलाई समेत सम्मान गरिएको छ । उहाँहरुलाई दोसल्ला ओढाएर प्रशंसापत्रद्वारा सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि काजी महतो, विशिष्ट अतिथि माडी नगरपालिका वडा नं. ७ का अध्यक्ष बालकृष्ण सापकोटा, जनकल्याण माविका अध्यष श्यामकुमार बिष्ट, रामबहादुर जिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै विद्यालयका प्रधानाध्यापक गणेशबाबु घिमिरे, अभिभावक हरि रानाभाट,शिक्षक गीता पौडेल, इन्दिरा दाहाल लगायतले बोल्नु भएको थियो ।
इन्दिरा दाहाल
माडी, १९ पुस । माडीको वडा नं. ७ मा रहेको कीर्तनपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा न्यानो कपडा वितरण गरिनुका साथै शिक्षक, अक्षयकोषदाता, चन्दादातालाई सम्मान गरिएको हो ।