सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १०:४२ 
  • कर्णाली, १९ पुस । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

    त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिनुभयो ।

    आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ । केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताउनुभयो । उहाँका अनुसार मुगुका नेता मङ्गल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य सङ्ख्या रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.