सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्छ : मुख्यमन्त्री राउत


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १६:२१ 
  • जनकपुर, १६ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्ने बताउनुभएको छ ।

    राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज जनकपुरधाममा आयोजित ‘बहुक्षेत्रीय पोषण योजनासम्बन्धी’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले पोषणसम्बन्धी सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकाले यसलाई जनस्तरसम्म लैजानुुपर्ने बताउनुभएको हो ।

    मुख्यमन्त्री राउतले अन्नको भण्डारको रुपमा रहेको प्रदेश नं २ मा बालबालिका कुपोषणको शिकार हुनुका प्रमुख कारण यससम्बन्धी जानकारीको आभाव रहेको उल्लेख गर्दै कुपोषणको समस्यामा सुधार ल्याउन पोषणसम्बन्धी कार्यक्रमलाई जनजनसम्म लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेश नं २ अन्नको भण्डार मात्र नभई दूध, फलफूललगायत खाद्य सामग्रीको पर्याप्तता हुँदाहुँदै यसको उपयोगसम्बन्धी जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुःखद् रहेको बताउँदै उहाँले पोषणसम्बन्धी तथ्याङ्कले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाए पनि सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो ।

    सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्करप्रसाद साहले पोषणसम्बन्धी कार्यक्रमलाई सहरी क्षेत्रमा नभई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिलाविक्रम थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झालगायतले प्रदेश नं २ मा पोषणको अवस्था र सुधारका लागि अपनाउनुपर्ने नीतिका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.